न्यायाधीशहरूको क्रम निर्धारणबारे पूर्वन्यायाधीश फोरमको आपत्ति, सीमित व्यक्तिलाई लक्षित गरेको दाबी
काठमाडौं। न्यायाधीशहरूको क्रम निर्धारणबारे न्यायपरिषदले गरेको निर्णयमा पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ । फोरमले आज एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो । पूर्वन्यायाधीश फोरमले विज्ञप्ति मार्फत ‘सीमित व्यक्तिलाई लक्षित गरी गरिएको यो संशोधनले न्यायालय भित्रको विकृति तथा विसंगतिलाई अझै प्रोत्साहित गर्ने बताएको छ ।
न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको मापदण्ड प्रभावित पार्नेगरी आफ्नो नियमावली संशोधन गरेको छ । न्यायपरिषद्ले पारित गरेको नियमावली नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । विज्ञप्तिको पूर्णपाठ यस्तो छ ? न्यायाधीशहरुको क्रम कायम गर्ने सम्बन्धमा न्यायपरिषद नियमावली, २०७४ को नियम ११ मा भैरहेको व्यवस्थामा न्यायपरिषदद्वारा अचानक मिति २०८०।०६।०१ मा गरिएको संशोधनबाट न्यायाधीशहरुको बरीष्ठता क्रममा नै असर पर्ने भएकाले यसमा पूर्वन्यायाधीश फोरम, नेपालको गम्भीर ध्यानाकषर्ण भएको छ।
१० न्याय परिषद नियमावली २०७४ को नियम ११ मा इजलास कायम गर्ने, पेशी सूची तोक्ने तथा अदालतको प्रशासनिक काम कारबाही संचालन गर्ने प्रयोजनको लागि बरीष्ठता कायम गर्ने व्यवस्था रहेको छ। न्यायाधीश पदमा नियुक्ति भएको मितिको आधारमा बरीष्ठता कायम गर्ने मौजूदा व्यवस्थालाई परिवर्तन गरी नेपाल न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीश पछिको क्रममा र नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिको हकमा निज विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मिति भन्दा पछि उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएका व्यक्ति भन्दा अगाडिको क्रममा राखिएको छ।
२० न्यायाधीश पदमा नियुक्त भएको व्यक्ति नियुक्ति मितिको आधारमा वरिष्ठता कायम हुने वर्तमान सर्वमान्य सिद्धान्त बमोजिम स्थापित मान्यता विपरीत न्यायपरिषद नियमावली, २०७४ को नियम ११ मा न्यायपरिषदद्वारा गरिएको संशोधन गैर न्यायिक भएको हाम्रो निष्कर्ष रहेको छ। ३० सीमित व्यक्तिलाई लक्षित गरी गरिएको यो संशोधनले न्यायालय भित्रको विकृति तथा विसंगति अझै प्रोत्साहित गर्ने निश्चित छ।
४० पहिले नियुक्त भइसकेको न्यायाधीश भन्दा पछि नियुक्त हुने न्यायाधीशको वरिष्ठताक्रम माथि राख्ने गरी गरिएको यो संशोधन उच्च अदालतका न्यायाधीश भइसकेको व्यक्तिको सेवा सुविधा सम्बन्धी संविधानको धारा १४१ को उपधारा ९३० को संवैधानिक प्रत्याभूतिको विपरित हुन गएको छ। ५० न्यायाधीशहरुको पदीय मर्यादा, सुरक्षा, स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्दै न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र राखि न्यायाधीशहरूको उच्च मनोवल कायम राख्ने समेतको संवैधानिक दायित्व निहित रहेको न्यायपरिषदले न्यायाधीशहरुको नियुक्ति, सरुवा, काज तथा अनुशासन सम्बन्धी कारबाही गर्दा आफ्नो उल्लेखित संवैधानिक दायित्वबाट विचलित हुनु आपत्तिजनक छ।
६० जिल्ला न्यायाधीशको नियुक्ति गर्दा संविधानको धारा १४९ ले ८० प्रतिशत प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट र २० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट लिने व्यवस्थालाई निस्तेज पार्ने गरी न्यायपरिषद नियमावली, २०७४ को नियम ६ को उप नियम ९४० व्यवस्था गरी लिखित परीक्षामा असफल हुने व्यक्तिहरुबाट पदपूर्ति गरिनु उक्त संवैधानिक व्यवस्थाको प्रतिकूल छ। ७० अतः न्यायाधीशहरुकाबीच विभेद खडा गरी न्यायनिष्पादन सम्बन्धी क्रियाकलापमा नै प्रतिकूल प्रभाव पर्न सक्ने गरी न्यायपरिषदद्वारा गरिएको कानून प्रतिकूलका काम कारबाही तथा संविधान प्रतिकूलका नियमावलीको प्रावधानहरु अविलम्ब खारेज गर्न माग गर्दछौं।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












