अर्थतन्त्र लयमा फर्काउन ‘र्याडिकल रिफर्म’ जरुरी छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि आमूल परिवर्तन (र्याडिकल रिफर्म) जरुरी रहेको बताएका छन् ।
अर्थतन्त्रको समस्या समाधानका लागि सरकार, उद्योगी व्यवसायी र राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरेर संयन्त्र बनाउने तयारी रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीवार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरोकारवाला सबै रहेको संयन्त्र बनाउन लागेको बताएका हुन् ।
‘अर्थतन्त्रमा हामीले जुन समस्याको सामना गरेका छौं, एउटा संयन्त्र बनाएर त्यसलाई समाधान गरौं भन्ने महासंघको प्रस्तावमा सरकार सकारात्मक छ’ प्रधानमन्त्रीले भने, ‘देशमा फैलिएको निराशा र अविश्वासलाई विश्वास र भरोसामा बदल्न सबैका प्रतिनिधि समावेश गरेर एउटा संयन्त्र बनाऔं । जहाँ र ज्ञान सामूहिक विवेकको केन्द्रिकृत अभिव्यक्ति होस ।’
अर्थमन्त्री स्वदेश फर्केपछि अर्थतन्त्रको समस्या समाधानका लागि विज्ञसहितको संयन्त्र बनाउने उनले बताए । प्रचण्डले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो नभएकोले मौलिक ढंगले नै समाधान गरिनुपर्ने बताए । ‘म भर्खर प्रधानमन्त्री बनेको समयमा देश श्रीलंकाको बाटोमा जान लाग्यो भनेर त्रास सृजना गर्नै खोजिएको थियो । मैले नेपाल श्रीलंका हुने अवस्थामा छैन, त्यसको तुलना गरेर जनतालाई आतंकित बनाउनु हुँदैन भनेको थिएँ’ प्रचण्डले भने, ‘नेपाललाई कता लैजाने भन्ने निर्णायक हामी आफैं हो, राजनीतिक दल र अर्थविद्ले गर्ने हो । पोलिटिक्सले नै सबैलाई गाइड गर्ने हो ।’
देशको अर्थतन्त्रलाई लयमा फर्काउन बोल्ड डिसिजन जरुरी भइरहेको उनले बताए । ‘रेभ्युलुसन त भन्दिनँ तर अर्थतन्त्रलाई लयमा फर्काउन र्याडिकल रिफर्म जरुरी छ’ प्रचण्डले भने ।
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












