भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाई र उपचार बन्द
नयाँ क्याम्पस प्रमुख नआएसम्म ताला नखोल्ने
काठमाडौं । भैरहवाको युनिभर्सल कलेव अफ लका विद्यार्थीहरुले विभिन्न माग राख्दै अस्पतालका सम्पुर्ण सेवाहरु बन्द गराएका छन् । विगत केही समय देखि विभिन्न माग राखी आन्दोलनमा रहेका विद्यार्थीहरुले आन्दोलनलाई थप कडा बनाउदै अस्पतालका सम्पुर्ण सेवा बन्द गराएका हुन ।
कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । शान्तीपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुलाई आक्रमण गरिएको भन्दै उनिहरुले कडा आक्रोस पोखेका छन् ।
आन्दोलनमा अहिले इन्टर्नसिप गरिरहेका डाक्टरहरु पनि जोडिएकाले थप शसक्त बनेको छ । विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा. लक्ष्मि पाठकको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गर्नुका साथै क्याम्पस प्रवेशमा रोक समेत लागएका छन् । विज्ञप्ती निकाल्दै विद्यार्थीहरुले नयाँ क्याम्पस प्रमुख नआएसम्म ताला नखोल्ने जनाए ।
प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











