काठमाडौँ महानगरले तोक्यो ४ स्थानमा स्वदेशी सयपत्री माला किनबेच स्थल, फूल व्यवसायी उत्साहित
काठमाडौं । तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि काठमाडौं महानगरपालिकाले ४ स्थान तोकेको छ । महानगर प्रमुख बालेन शाहको निर्देशनमा भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
शनिवार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबिच छलफल कार्यक्रम राखिएको थियो । सो अवसरमा काठमाडौं महानगरपालिका र पुष्प व्यवसायीहरु बीचको छलफलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि कृष्णमान श्रेष्ठले महानगरपालिकालाई धन्यवाद दिए ।
नेपाल फ्लोरीकल्चयर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अघिल्लो वर्षको तिहारमा भारतबाट फूल आयातमा बन्देज लगाएका कारण यो वर्ष नेपाली किसान उत्साहित भएको बताए । यो वर्ष अघिल्लो वर्षभन्दा धेरै सयपत्री फूल खेती भएको बताउँदै झन्डै २ सय विघाहा भन्दा बढी जमिनमा फूल लगाएको बताए ।
यो वर्ष ८० प्रतिशत नेपाली सयपत्री फूलले धान्ने २० प्रतिशत जति नपुग हुने अनुमान गरेको भए पनि भारतबाट ठुलो मात्रामा फूल आयात अनुमति दिएको बताए । भन्सारबाट सयपत्री फूल आयतका लागि ५८ वटा अनुमति दिएकोमा फ्लोरिकल्चर एसोसिएसनले ध्यानाकर्षण गराएपछि ४८ वटा अनुमति कार्तिक २३ गते रद्द भएको बताए ।
कार्तिक १३ गते नेपाल ल्याउन ४ लाख ५० हजार केजी माला अनुमति दिएको र त्यो नेपाल भित्रियो भने नेपाली किसानहरूले बनाएको माला र फूल फ्याँक्नुपर्ने अवस्था आउने अध्यक्ष तामाङले बताए ।
कार्तिक २३ गते अगाडि ३ लाख २ हजार केजी माला वैद्य रूपमा नेपाल भित्रिएको र नेपालका विभिन्न कोल्ड स्टोरहरूमा राखिएको अवस्थामा रहेको उनले बताए । खुला नाकाको फाइदा उठाउँदै ठुलो परिणाममा भारतीय माला आएकोले काठमाडौँ महानगरपालिकाले त्यसको बिक्रीमा रोक लगाउन उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रको बोर्ड सदस्य सुनिता नेमाफुकीले महानगरपालिकाले नेपाली फूल बिक्रीका लागि स्थान तोकेकोमा धन्यवाद दिइन् । उनले किसानले फूल बिक्री गर्न पाएनन् भने ६ महिनादेखिको मिहेनत र सपना खेर जाने बताइन् ।
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने बताइन् । महानगरपालिकाले प्लास्टिकजन्य फूलको माला बिक्री गर्न रोक लगाउने कामको लागि धन्यवाद ज्ञापन गरिन् । प्लास्टिकको फूलको माला र भारतबाट आउने फूलको मालामा रोक लगाउने हो भने अर्को वर्ष हजार जना कृषि उद्यमी बजारमा थपिने उनले बताइन् ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बजारका लागि आवश्यक पर्ने फूल स्वदेशमा उत्पादन र बजार व्यवस्थापनका लागि काम गर्ने संघीय सरकारका निकायहरु किसानका लागि काम नगरी किसानको मनोबल गिराउने र बाह्य उत्पादनहरूलाई प्रवर्द्धन गर्ने हिसाबले प्रस्तुत भएकोमा खेद व्यक्त गरे ।
उनले भने– ‘अर्थतन्त्र ओरालो लागेका बेला नेपालमै केही गर्छु भनेर विदेशबाट थाकेर आएका, विदेश जान्न आफ्नै माटोका केही गर्छु भनेर बसेका किसानहरूको मनोबल उच्च राख्ने तर्फ कुनै पनि निकायबाट पहल नभएको सन्दर्भमा हामी काठमाडौँ महानगरपालिका आएका थियौँ । हामीभन्दा एक कदम अगाडि बढेर महानगरपालिकाले ४ वटा स्थानमा फूल बिक्रीका लागि स्थान तोकेकोमा आभार व्यक्त गर्न चाहन्छु ।’
उनले अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरे ।
महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्ने, नेपाली किसानको पसिनालाई इज्जत र सम्मान गर्नका लागि खरिद बिक्री स्थान तोक्ने काम गरिएको बताए । उनले भने–‘हामीले फूल प्रयोग गर्दा नेपाली उत्पादनलाई छोडेर अरू प्रयोग गर्नु ठिक होइन कि जस्तो लाग्छ । नेपाली उत्पादनलाई सबैले माया गरौँ, नेपालीको घरमा नेपाली फूल होस भन्ने हाम्रो मेयर सावको चाहना र निर्देशन अनुसार नै हामी नेपाली फूल बिक्रीका स्थान घोषणा गरेका हौँ ।’
महानगरपालिकाले तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि महानगरपालिकाले अवरोध नगर्ने बताए ।
Comments
अरु समाचार
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












