काठमाडौँ महानगरले तोक्यो ४ स्थानमा स्वदेशी सयपत्री माला किनबेच स्थल, फूल व्यवसायी उत्साहित
काठमाडौं । तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि काठमाडौं महानगरपालिकाले ४ स्थान तोकेको छ । महानगर प्रमुख बालेन शाहको निर्देशनमा भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
शनिवार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबिच छलफल कार्यक्रम राखिएको थियो । सो अवसरमा काठमाडौं महानगरपालिका र पुष्प व्यवसायीहरु बीचको छलफलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि कृष्णमान श्रेष्ठले महानगरपालिकालाई धन्यवाद दिए ।
नेपाल फ्लोरीकल्चयर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अघिल्लो वर्षको तिहारमा भारतबाट फूल आयातमा बन्देज लगाएका कारण यो वर्ष नेपाली किसान उत्साहित भएको बताए । यो वर्ष अघिल्लो वर्षभन्दा धेरै सयपत्री फूल खेती भएको बताउँदै झन्डै २ सय विघाहा भन्दा बढी जमिनमा फूल लगाएको बताए ।
यो वर्ष ८० प्रतिशत नेपाली सयपत्री फूलले धान्ने २० प्रतिशत जति नपुग हुने अनुमान गरेको भए पनि भारतबाट ठुलो मात्रामा फूल आयात अनुमति दिएको बताए । भन्सारबाट सयपत्री फूल आयतका लागि ५८ वटा अनुमति दिएकोमा फ्लोरिकल्चर एसोसिएसनले ध्यानाकर्षण गराएपछि ४८ वटा अनुमति कार्तिक २३ गते रद्द भएको बताए ।
कार्तिक १३ गते नेपाल ल्याउन ४ लाख ५० हजार केजी माला अनुमति दिएको र त्यो नेपाल भित्रियो भने नेपाली किसानहरूले बनाएको माला र फूल फ्याँक्नुपर्ने अवस्था आउने अध्यक्ष तामाङले बताए ।
कार्तिक २३ गते अगाडि ३ लाख २ हजार केजी माला वैद्य रूपमा नेपाल भित्रिएको र नेपालका विभिन्न कोल्ड स्टोरहरूमा राखिएको अवस्थामा रहेको उनले बताए । खुला नाकाको फाइदा उठाउँदै ठुलो परिणाममा भारतीय माला आएकोले काठमाडौँ महानगरपालिकाले त्यसको बिक्रीमा रोक लगाउन उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रको बोर्ड सदस्य सुनिता नेमाफुकीले महानगरपालिकाले नेपाली फूल बिक्रीका लागि स्थान तोकेकोमा धन्यवाद दिइन् । उनले किसानले फूल बिक्री गर्न पाएनन् भने ६ महिनादेखिको मिहेनत र सपना खेर जाने बताइन् ।
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने बताइन् । महानगरपालिकाले प्लास्टिकजन्य फूलको माला बिक्री गर्न रोक लगाउने कामको लागि धन्यवाद ज्ञापन गरिन् । प्लास्टिकको फूलको माला र भारतबाट आउने फूलको मालामा रोक लगाउने हो भने अर्को वर्ष हजार जना कृषि उद्यमी बजारमा थपिने उनले बताइन् ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बजारका लागि आवश्यक पर्ने फूल स्वदेशमा उत्पादन र बजार व्यवस्थापनका लागि काम गर्ने संघीय सरकारका निकायहरु किसानका लागि काम नगरी किसानको मनोबल गिराउने र बाह्य उत्पादनहरूलाई प्रवर्द्धन गर्ने हिसाबले प्रस्तुत भएकोमा खेद व्यक्त गरे ।
उनले भने– ‘अर्थतन्त्र ओरालो लागेका बेला नेपालमै केही गर्छु भनेर विदेशबाट थाकेर आएका, विदेश जान्न आफ्नै माटोका केही गर्छु भनेर बसेका किसानहरूको मनोबल उच्च राख्ने तर्फ कुनै पनि निकायबाट पहल नभएको सन्दर्भमा हामी काठमाडौँ महानगरपालिका आएका थियौँ । हामीभन्दा एक कदम अगाडि बढेर महानगरपालिकाले ४ वटा स्थानमा फूल बिक्रीका लागि स्थान तोकेकोमा आभार व्यक्त गर्न चाहन्छु ।’
उनले अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरे ।
महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्ने, नेपाली किसानको पसिनालाई इज्जत र सम्मान गर्नका लागि खरिद बिक्री स्थान तोक्ने काम गरिएको बताए । उनले भने–‘हामीले फूल प्रयोग गर्दा नेपाली उत्पादनलाई छोडेर अरू प्रयोग गर्नु ठिक होइन कि जस्तो लाग्छ । नेपाली उत्पादनलाई सबैले माया गरौँ, नेपालीको घरमा नेपाली फूल होस भन्ने हाम्रो मेयर सावको चाहना र निर्देशन अनुसार नै हामी नेपाली फूल बिक्रीका स्थान घोषणा गरेका हौँ ।’
महानगरपालिकाले तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि महानगरपालिकाले अवरोध नगर्ने बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












