ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन सकिँदैन: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन नसकिने बताएका छन् । आज सिंहदरबारमा अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र समस्याग्रस्त छ । छलफलमा बोल्दै प्रचण्डले नेपाली अर्थतन्त्रको सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था पनि नरहेको बताएका छन्।
उनले भने अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए । अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए ।
तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए । ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’
सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











