आईपीएल- २०२४ : ११ सय ६६ खेलाडीको नाम दर्ता, नेपाली खेलाडी पर्लान् अक्सनमा?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन्।
दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनका लागि ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट देशका खेलाडीहरुको नाम दर्ता गरिएको हो।
विश्वकै धेरै रकम भएको फ्रेन्चाई लिगमा केही चर्चित खेलाडी भने अझै पनि छुटेको दाबी गरिएको छ।
एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र अमेरिकाका खेलाडीको नाम दर्ता गराइएको छ। तर उनीहरुको नाम भने गोप्य राखिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएलका लागि दर्ता भएका खेलाडीको नाम केही समयपछि सार्वजनिक गर्नेछ।
अक्सनमा जानको लागि उक्त सूचीपछि सर्ट लिस्टको सूची पनि सार्वजनिक हुनेछ। आईपीएलको अक्सनमा मूल्य लाग्न सक्ने खेलाडीलाई मात्रै सर्ट लिस्टमा राखिने चलन छ।
यस पटकको अक्सनमा ३० विदेशीसहित कुल ७७ खेलाडीको खरिद बिक्री हुनेछ। आईपीएलमा नाम दर्ता गर्न छुटेका खेलाडीलाई फ्रेन्चाइज टोलीको आग्रहमा बीसीसीआईले पुन थप्न सक्ने विकल्प खुला राखिएको छ।
आईपीएलमा खेलाडीका लागि टिमहरुले २० लाखदेखि २ करोडसम्म न्यूनतम मूल्य तोक्न सक्छन्।
यस पटक केही खेलाडीहरुको उच्च मूल्य तोकिएको छ। यस पटक उच्चतम मूल्य २ करोडको सूचीमा अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स छन्। त्यस्तै भारतका हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव छन्। त्यस्तै ट्रविस हेड, जोस इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायतले पनि यो न्यूनतम मूल्यमा परेका छन्।
विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका रचिन रविन्द्र प्रवेश भएका छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु राखिएको छ। यस पटकको अक्सनमा न्युजिल्यान्डमा डर्याल मिचेल, रचिन रविन्द्र र मिचेल स्टार्कले महँगो मूल्यमा बिक्ने आकलन गरिएको छ।
नेपालबाट पनि सूचीकृत
नेपालले पछिल्लो समय गरेको उत्कृष्ट प्रर्दशनका कारण केही नेपाली खेलाडीहरु पनि सूचीकृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपालबाट सर्ट लिस्टमा पर्न सके मात्रै अक्सनमा जानेछन्। यसअघि सन्दीप लामिछानेले आईपीएल खेलेका थिए। उनले दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए। उनी बाहेक अन्य नेपाली खेलाडी सर्ट लिस्टमा पर्न सकेका छैनन्। यस पटक नेपालबाट सन्दीपसँगै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी लगायतका खेलाडीले अक्सनमा नाम दर्ता गराएको हुनसक्ने उल्लेख छ।
तीमध्ये पनि कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने र गुलशन झाको नाममा अक्सन पर्न सक्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












