आईपीएल- २०२४ : ११ सय ६६ खेलाडीको नाम दर्ता, नेपाली खेलाडी पर्लान् अक्सनमा?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन्।
दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनका लागि ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट देशका खेलाडीहरुको नाम दर्ता गरिएको हो।
विश्वकै धेरै रकम भएको फ्रेन्चाई लिगमा केही चर्चित खेलाडी भने अझै पनि छुटेको दाबी गरिएको छ।
एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र अमेरिकाका खेलाडीको नाम दर्ता गराइएको छ। तर उनीहरुको नाम भने गोप्य राखिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएलका लागि दर्ता भएका खेलाडीको नाम केही समयपछि सार्वजनिक गर्नेछ।
अक्सनमा जानको लागि उक्त सूचीपछि सर्ट लिस्टको सूची पनि सार्वजनिक हुनेछ। आईपीएलको अक्सनमा मूल्य लाग्न सक्ने खेलाडीलाई मात्रै सर्ट लिस्टमा राखिने चलन छ।
यस पटकको अक्सनमा ३० विदेशीसहित कुल ७७ खेलाडीको खरिद बिक्री हुनेछ। आईपीएलमा नाम दर्ता गर्न छुटेका खेलाडीलाई फ्रेन्चाइज टोलीको आग्रहमा बीसीसीआईले पुन थप्न सक्ने विकल्प खुला राखिएको छ।
आईपीएलमा खेलाडीका लागि टिमहरुले २० लाखदेखि २ करोडसम्म न्यूनतम मूल्य तोक्न सक्छन्।
यस पटक केही खेलाडीहरुको उच्च मूल्य तोकिएको छ। यस पटक उच्चतम मूल्य २ करोडको सूचीमा अष्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स छन्। त्यस्तै भारतका हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव छन्। त्यस्तै ट्रविस हेड, जोस इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायतले पनि यो न्यूनतम मूल्यमा परेका छन्।
विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका रचिन रविन्द्र प्रवेश भएका छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु राखिएको छ। यस पटकको अक्सनमा न्युजिल्यान्डमा डर्याल मिचेल, रचिन रविन्द्र र मिचेल स्टार्कले महँगो मूल्यमा बिक्ने आकलन गरिएको छ।
नेपालबाट पनि सूचीकृत
नेपालले पछिल्लो समय गरेको उत्कृष्ट प्रर्दशनका कारण केही नेपाली खेलाडीहरु पनि सूचीकृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपालबाट सर्ट लिस्टमा पर्न सके मात्रै अक्सनमा जानेछन्। यसअघि सन्दीप लामिछानेले आईपीएल खेलेका थिए। उनले दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए। उनी बाहेक अन्य नेपाली खेलाडी सर्ट लिस्टमा पर्न सकेका छैनन्। यस पटक नेपालबाट सन्दीपसँगै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी लगायतका खेलाडीले अक्सनमा नाम दर्ता गराएको हुनसक्ने उल्लेख छ।
तीमध्ये पनि कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने र गुलशन झाको नाममा अक्सन पर्न सक्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












