संखुवासभामा मानव अधिकार उल्लंघनका घटना बढे
खाँदबारी । सङ्खुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सङ्खुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ ।
गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५० वटा घटनामा ५१ जना पीडित भएको इन्सेक कार्कीले जानकारी दिए । अघिल्ला वर्षहरुमा झै जिल्लामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ ।
जिल्लामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५ वटा , कुटपिट गैर राज्य पक्ष ३ जना, राज्य पक्ष १ जना पीडित भएको उल्लेख गरिएको छ । गत बर्ष ४६ वटा मानवअधिकार उलङ्घनका घटना भएका थिए । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले राज्यको कठोर कानुन हुदाँ पनि हत्या, बलात्कार जस्ता मानव अधिकार उलङ्घनका घटना कमी नदेखिएको बताए । छिमेकी चिनजान र नजिका आफन्तबाट यस्ता घटना हुनु दुखद भएको जिल्ला समन्वय समितीका प्रमुख शाक्यले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए । मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने प्रजिअ कार्कीले बताए । स्थानीय तहको न्यायीक समितीमा छलफल तथा उजुरी हुनु पर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालयनै आउने गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालयले सम्बन्धित निकायमै छलफल गराउन सार्वजनिक स्थलमा सूचनाबोर्ड राख्ने गरेको डिएसपी श्रेष्ठले बताए । समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने बताए । प्रहरी प्रशासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











