गुणस्तरीय शिक्षाका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया
संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वर्ल्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । आधुनिक प्रविधिसहितको गुणस्तरीय शिक्षा लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो । गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा युडब्लुएस नेपाल र स्थानीय तहको भूमिकाबारे अन्तरक्रिया गरेको जनाएको छ ।
आधुनिक प्रविधिसहित अध्ययन तथा सिकाइ विधिको माध्यमबाट ग्रामिण तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय सँग युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिए ।
सामुदायिक विद्यालयअन्तर्गत आधारभूत तहमा अध्ययनरत बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्य राखेर संस्थाले आफ्नो गतिविधि गर्दै आएको अध्यक्ष खड्काले बताए । युनाइटेड वर्ल्ड स्कूलले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संचालन गरेका परियोजनाको उद्देश्यहरु प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव समेत संकलन गरेको छ । कायक्रममा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित युडब्लुएस नेपालले आफ्नो परियोजना (कार्यक्रम) सञ्चालन गरी भौतिक पूर्वाधार लगायतमा लगानी गर्नेबारे जानकारी गराइएको थियो ।
२०७२ सालमा स्थापना भएको संस्थाले हाल सङ्खुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लामा ७६ वटा विद्यालय भवन निर्माण गरिसकेको संस्थाका शिक्षा विभाग प्रमुख आशिष अधिकारीले जानकारी दिए । परियोजना कार्यान्वयन संस्था र सम्बन्धित स्थानीयबीच सहकार्य र साझेदारीमा गरिने बताइएको छ ।
परियोजनाअन्तर्गत भवन निर्माण गर्दा आधारभूत तहको कक्षा १–५ सम्मको विद्यालयमा आठ कोठे र १–८ कक्षा सञ्चालित विद्यालयमा ११ कोठे भवन निर्माण गर्ने गरेको अधिकारीले जानकारी दिए । प्रविधिसहितको सिकाइ, खेलकुद सामग्री, दक्ष शिक्षकका लागि तालिम र बिद्यार्थी सहयोग कार्यक्रमसहितका गतिविधि पनि संस्थाले गर्ने उनको भनाइ छ ।
हाल परियोजना कार्यान्वयनमा रहेका जिल्लाबाहेक भोजपुर, धनकुटा, तनहुँ र हुम्लामामा विस्तार गर्ने तयारी रहेको युडब्लुएसले जनाएको छ । पाँच वर्षपछि युडब्लुएसले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने गरेको छ । हाल सम्म १३ विद्यालय हस्तान्तरण गरी सकेको संस्थाले जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











