एमाले संखुवासभा–काठमाडौं सम्पर्कमञ्च: वासु पाण्डेको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन
काठमाडौं । नेकपा एमाले संखुवासभा–काठमाडौं सम्पर्कमञ्चको अध्यक्ष वासु पाण्डेको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन भएको छ । गत माघ २७ गते शनिवार अनामनगर स्थित तमु सेवा समाजको सभाहलमा आयोजीत १२ औं सम्मेलनबाट सम्पर्कमञ्चको कामिटी सर्वसम्मत निर्वाचित भएको हो ।
सम्मेलनबाट अध्यक्ष वासु पाण्डे, उपाध्यक्ष अम्बिका गौतम तथा राजेश श्रेष्ठ, सचिव डम्बरु दाहाल, सह–सचिव गोविन गुरुङ र विन्दु न्यौपाने, कोषध्यक्ष जोजो भोटे लगायतको सिंगो कमिटी निर्वाचित भएका छन्।
निर्वाचित कमिटिलाई एमाले केन्दीय कमिटी सदस्य तुलसी न्यौपानेले सपथ ग्रहण गराएका थिए । सम्मेलनमा निवर्तमान अध्यक्ष देविन श्रेष्ठले राजनीतिक तथा सांगठानिक र कोषध्यक्ष डम्बरु दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
२०५५ सालमा बलाराम थापाको नेतृत्वमा स्थापना भएको उक्त मञ्चको १२ औं सम्मेलनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पंडित (प्रमुख आतिथी),स्थायी कमिटी सदस्य एंव प्रचार विभाग प्रमुख राजेन्द्र गौतम (विशिष्ट अतिथि), एमाले केन्द्रीय कमिटी सदस्य तुलसी न्यौउपाने,कोशी प्रदेश कमिटी सदस्य विपिन तामाङ लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












