धादिङ एमालेमा भूमि त्रिपाठीको प्यानल विजयी, अन्य पदाधिकारीमा को-को जिते ? (सूचीसहित)
काठमाडाैँ । काठमाडौं । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् ।
मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।
केहीबेर अघि सम्पन्न मतदानको प्रारम्भिक अनुमानमा पनि त्रिपाठी नै दोहोरिने सम्भावना प्रबल थियो । दुई कार्यकाल उपाध्यक्ष रहिसकेका थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले त्रिपाठीको समूहलाई धक्का दिनसक्ने केही प्रतिनिधिले बताएका थिए । अर्जुन गोर्खाली उपाध्यक्षमा आएका छन् । आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीको विगतमा पिए बसेका डा. रमेशका बुबा हुन् ।
गोर्खालीले ३१५ ल्याएका छन् । सचिव पदमा सबैभन्दा धेरै मतान्तर भएको बताइन्छ । दुई साताअघि आयोजित अधिवेशनको बन्द सत्रमा मतदानको प्रक्रिया प्रारम्भ अगावै दुई पक्षबीच भएको आरोप प्रत्यारोप र विवाद हात हालाहालको अवस्थामा पुगेपछि रोकिएको थियो । स्थगित अधिवेशन अस्तिदेखि थालिए पनि मतदान प्रक्रिया आज भएको हो । आज १५ वटा विद्युतीय मेशिनबाट मतदान गराइएको थियो ।
पुनः अधिवेशन सुचारु गर्नुअघि भएको सहमतिमा संगठन विभागले पहिलेको भन्दा १० जनाको विशेष कोटा थपिदिएको थियो । उक्त निर्णयपछि मात्रै विवादमा देखिएको अर्को पक्ष निर्वाचनमा सहभागी हुन तयार भएको हो ।
धादिङ एमालेका पुराना नेताहरु मीनराज कँडेल, देवप्रसाद त्रिपाठी, खेम पाठकहरु भूमिको पक्षमा खुलेर लागेका थिए । खेम लोहनी र जानुका सिंखडाहरु भने आचार्यको पक्षमा देखिए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












