फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ ।
एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन २ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।
केन्द्र निर्माणका लागि रू ५१ करोड ६९ लाख ७४ हजार चार सय ९९ मा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । उनका अनुसार हाल उक्त केन्द्रमा कम्पाउण्ड, फोहर फाल्ने ब्लक, फोहर प्रशोधनयन्त्रलगायत संरचना निर्माण भइरहेका छन् ।
फोहरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहर सङ्कलन गर्नेदेखि लिएर डिस्पोजल गर्ने, प्युरिफाइ गर्ने र कुहिने फोहरबाट मल बनाइने तथा प्राङ्गारिक मल उत्पादन गरिने बताइएको छ ।
सो परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्नेगरी योजना (डिजाइन) गरिएको सूचना अधिकारी कलौनीको भनाइ छ । केन्द्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासमार्फत धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।
भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त गर्न नसकेकाले काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












