नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो
काठमाडौं । नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्याएको छ । डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन् ।
गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको छ ।
“डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्द्रित भएका छौँ”, डिभिजनल वन अधिकृत पोखरेलले भन्नुभयो, “अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलो लाग्ने वनको सङ्ख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहुनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ ।”
डिभिजन वन कार्यालयले सुक्खायामको समयमा हुनसक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वंयसेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ । डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताउनुभयो ।
उहाँका अनुसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ । केही स्थानमा नियतबस लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ । नियतबस डढेलो लगाएको पुष्टि भएमा तीन वर्ष कैद र रु ६० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । नुवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन् । ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुँदै आइरहेका छन् ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












