होलीमा रङ्गिदै मधेस
काठमाडौं । आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ । होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, ख्वाउने र रङ् अबिरको खेल सुरु हुन्छ ।
होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । यस पर्वमा घरपरिवार र समाजका कान्छा सदस्यले जेठाको चरण अबिरले पुजेर होली खेल्ने अनुमति माग्छन् । पर्वमा अबिर लगाइदिएपछि एकआपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गरिन्छ । उल्लास र उमङ्गको यो पर्वमा घरघरै मालपुवा, दालपुरी र सेलरोटी विशेष परिकार मानिन्छन् ।
यसैगरी केरा, लौका, आलु, परवल र भाण्टासहितको तरुवा घरघरै पकाइन्छ । सबैका घरमा खाने, खुवाइने यी परिकारसँगै मांसहारीले आफ्नो रुचिअनुसारको मासु पकाउने र खाने, ख्वाउने गर्छन् । पर्वमा भाङको सर्वत खाने र खुवाउने मैथिल परम्परा छ । पिसिएको भाङ पत्ती दूध, सख्खर र मरिच मिसाएर सर्वत बनाउने र खाने र खुवाउनेमा मिथिलामा होड नै चल्छ ।
पर्वमा समवयीबीचको होली खेल्ने परम्परा छ । यसबाहेक सालासाली-भिनाजु र सोल्टासोल्टीबीचको रङ् छ्यापाछ्यापले जोसुकैलाई रोमाञ्चित गराउँछ । मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ । यो आपसी अन्तरघुलनले बनाएको उच्चतम संस्कृति रहेको पाका मैथिल बताउँछन् ।
मिथिलाको मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज परिक्रमा सम्पन्न भएपछि वृतभित्र भोलि होली मनाइन्छ । पछिल्ला केही दशकयता भने कतिपय ठाउँमा होलीका नाउँमा विकृति बढ्दै गएको भन्दै पाका मधेसी चिन्ता व्यक्त गर्छन् । होलीका परम्परागत विशिष्ट गीत हुँदाहुँदै अचेल भड्किला गीत र डिजे बाजाको कर्कस स्वर बढ्न थालेको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











