विराट गोल्डकपः भुटानको विजयी सुरुवात
काठमाडौं । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो ।
भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए । खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भएर नगद रु ११ हजार प्राप्त गरेका छन् ।
त्यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलका माध्यमबाट देशको गरिमा वृद्धि हुने भएकाले त्यसलाई आत्मसात् गर्दै खेलाडीहरु मैदानमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलका माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सहज हुने बताउनुभयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् ।
यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन् । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र ९एनआरटी०बीच हुनेछ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












