अपूरो न्यायपरिषद् र स्वार्थपूर्ण सिफारिश
सह–प्राध्यापक, कर्णबहादुर थापा ।
सर्वोच्च अदालतमा ११ जना न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिश अहिले चरम विवादमा परेको छ । संसदीय सुनवाई समिति बिना नै गरिएको सिफारिशले न्यायपालिका र कार्यपालिका वीच असमझदारी बढाएको छ । वहस र टिकाटिप्पणी त्यही रुपमा सतहमा आएका छन् । सभामुखले ओनसरी घर्तीले परिषद्को सिफारिश फर्काउने र पुनः सर्वोच्चले एकदिनमै ‘स्टे अडर’ जारी गर्ने कार्यले दुवै निकायवीच पेच खुलस्त गर्नुका साथै ती निकायबीच विश्वासको संकट पैदा गराएको अवस्था छ ।
न्यायपरिषद अपूरो हुदाहुँदै पनि प्रधानन्यायाधीशस कल्याण श्रेष्ठ कानून मन्त्री अग्नि खरेल र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश शुशीला कार्की सम्मिलित परिषद्को सिफारिश विवादको मुख्य जड बनेको छ । हो, सर्वोच्च अदालतमा मुद्दाको चाप वढदो छ, न्यायाधीशको अभाव खड्किएको छ, धेरै मुद्धा किनारा लाग्न सकेको अवस्था छैन् । तर, सुवाइ समिति नै नबनि न्यायाधीश सिफारिश गर्दा परिणाम के आउला भन्ने ज्ञान कानून मन्त्रीलाई थिएन भन्न मिल्दैन । कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने मुख्य ‘डिजाइन’का साथ गरिएको यो सिफारिशले विवाद निम्त्याउनु स्वभाविक छ ।
नेपालको न्यायपालिका स्वतन्त्र ढंगले चलेको छ, भन्नेबारे सैद्धान्तिक ‘गफ’ जति गरेपनि हुन्छ । वास्तवमा नेपालमा न्यायपालिका अपेक्षा गरिए जस्तो स्वतन्त्र पञ्चायतकालमा त हुने कुरै आएन । वहुदल पश्चातपनि छैन ।
पञ्चायतकालमा व्यवस्थाका वफादारलाई छानेर न्यायाधीश बनाइन्थ्यो भने अहिले सत्तासीन राजनीतिक पार्टी निकटका व्यक्तिहरुलाई प्राथमिकतामा राखिन्छ । यसपल्टको सिफारिश कुनै नौलो र पहिलो घटना होइन । अनिल सिंन्ह वाहेक अन्य व्यक्तिहरु कुनै न कुनै राजनीतिक पार्टीका भगिनी संगठन निकटकै छन् । यसैले जुनसुकै व्यक्तिलाई सिफारिश गर्दापनि कुनै न कुनै राजनीतिक विचार निकट हुन्छन भन्नेमा शंका छैन । प्रक्रिया नै त्यही भएपछि कसरी स्वतन्त्र व्यक्ति त्यो चक्रमा छिर्छ ? तरपनि तिनले भोलिका दिनमा पदीय दायित्व निर्वाह गर्दा कति सक्षमता र निष्पक्षतापूर्वक गर्न सक्छन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
न्यायपरिषद् अपूर्ण रहनुका पछाडि राजनीतिक दलहरुको स्वार्थपूर्ण ढिँपी कारक देखिन्छ । तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाले रामप्रसाद सिटौलाई न्यायपरिषद्मा नियुक्त गरेँ । त्यसपछि नेपाल बारकातर्फबाट रामप्रसाद श्रेष्ठको नियुक्तीपछि परिषद्ले पूर्णता पाएको थियो । तर, त्यतिबेला तत्कालीन कानून मन्त्री नरहरि आचार्य र सत्तासिन कांग्रेस निकट कानुन व्यवसायी उपेन्द्रकेसरी न्यौपानेलाई न्यायाधीश बनाउने खेलका कारण न्यायपरिषद् सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न असफल रह्यो । नयाँ संविधानको घोषणासँगै तत्कालीन न्यायपरिषद् कायमै रहनेबारे नयाँ संविधानले केही नबोलेपछि रामप्रसाद सिटौलालाई सदस्यमा कायमै राख्ने उद्देश्यका साथ जाँदाजाँदै तत्कालीन प्रम शुशील कोइरालाले पुनः नियुक्ति गर्नुभयो । र, संसदीय सुनवाइ हुन नसकेका कारण त्यतिकै थन्किएको सो सिफारिश नयाँ सरकारले फिर्ता लिइसकेपछि न्यायपरिषद् अपूरो हुन पुग्यो ।
न्यायपरिषद् पूर्णहुँदा गर्न नसकेको कार्य अपूर्ण न्यायपरिषद्ले तदारुखतासाथ सम्पन्न गर्नु आफैंमा अचम्मको विषय हुने नै भयो । सबैभन्दा अचम्म त्यतिबेला भयो जब न्यायपरिषद् अपूर्ण भएका कारणले तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माका पालामा नियुक्त भएका २८ जना पुनरावेदन अदालतका न्यायाधीशको नियुक्तिको काम गर्न नसक्ने तर्कका आधारमा साढे २ वर्षपछि उनीहरुलाई घर फर्काइयो । यसले उनीहरुको योगदान, समय र राज्यको लगानी खेर गयो । तर, त्यही अपूरो न्यायपरिषद् अहिले वडो जाँगरका साथ सर्वोच्चका ११ जना न्यायाधीश सिफारिशका लागि कस्सियो । जसले गर्दा न्यायाधशी नियुक्तिका पछाडिको राजनीति रहेको छ भन्ने घाम जस्तै छर्लङ्ग छ ।
न्यायपालिकाको स्वतन्त्रता एउटा सैद्धान्तिक अवधारणामात्र हो । वास्तवमा न्यायपालिका स्वतन्त्र हुन्छ भन्ने विषयमा व्यक्तिगत रुपमा म आजसम्म पनि ‘कन्भिन्स’ छैन् । राज्यका अन्य दुइटा अंग व्यवस्थापिका र कार्यपलिका स्वतन्त्र नहुने, अनि न्यायपालिका कसरी स्वतन्त्र हुन्छ ? संविधानले राज्यको विचारधारालाई अभिव्यक्ति दिने हो । त्यही संविधानको संरक्षणको दायित्व बोक्ने न्यायपालिका राज्यको विचारधाराबाट कसरी अछुतो रहन सक्छ ? तसर्थ संविधानसँग वाझिएका व्यवस्थापिकाले बनाएका कानूनलाई बदर घोषित गर्ने अधिकार न्यायपालिकालाई भएपनि संविधानको व्यवस्थालाई न्यायपालिकाले नभइ जनप्रतिनिधिले परिवर्तन गर्ने हो । यसरी पनि न्यायपालिका संविधानले निर्दिष्ट गरेका सिद्धान्त भित्रै बस्ने हो । तर,अघिल्लो संविधानसभाले न्यायपालिका सम्बन्धि प्रतिवेदन पास गरी सकेपछि नेपालको न्यायपालिका कहीकतै कसैको नियन्त्रणमा बस्नै नपर्ने हो कि भने झैं उक्त प्रतिवेदनका विरुद्ध जाई लाग्यो । जसलेगर्दा न्यायपालिका स्वय् राजनीतिको खेलाडी बन्न पुग्यो ।
अहिले न्यायपरिषद्को सिफारिशमा जे देखियो । जो व्यक्ति सिफारिशमा परेका छन । यसमा धेरै विवाद जरुरी छैन । प्रणाली स्वच्छ र सही हुनुपर्छ । केही नाम खासगरी सपनाप्रधान मल्ललाई लिएर मिडियामा विवाद देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले समेत नामै किटेर त्यसको विरोध गरिसक्नु भएको छ । प्रणालीगत दोषको कारणले सर्वोच्च अदालतमा जाने अधिकांश न्यायाधिशहरु दल निकट हुन्छन भन्ने देखिएकै हो । विशेषतः राजनीति मिसिएका विवादमा फैसला गर्दा यो समस्या देखिदै आएको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथप्रसाद उपाध्यायले मनमोहन अधिकारीकाृे संसद पुनःस्थापना सम्बन्धी मुद्दाको फैसला यो सन्दर्भमा काफी नै छ ।
सभामुख घर्तीको कार्यलाई लिएर पनि टिकाटिप्पणी भइरहेका छन । उहाँले ‘उक्साहट’ मा सिफारिश फिर्ता गरेको भन्ने कुरा वाहिर आएको छ । सिद्धान्ततः सभामुखको पत्रमा उल्लेख भएका विषय गलत नै हुन भन्न सकिदैन । यसमा न्यायपरिषद्, सरकार र सभामुख वीच समन्वय नभएकै हो । संसदमा सुनवाइ समिति छैन भन्ने विषय परिषद्लाई थाहा नहुने कुरा होइन । तर, संसदीय सुनवाइ नभएपनि साविकको व्यवस्थापिका संसद नियमावलीमा रहेको ३५ दिने प्रावधानका बलमा यसैपनि सिफारिश कायम रहन्छ भन्ने आधारमा परिषद्ले बल मिच्याई गरेको देखिन्छ । जुन नयाँ संविधानको कार्यान्वयनका हिसाबले गम्भीर आपत्तिजनक छ । नियुक्तिको कुरा गर्दा उच्च अदालतका मुख्य न्यायाधीशस वा न्यायाधीश मध्येबाट सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुने व्यवस्था भएपनि पुनरावेदन अदालतबाटै सात जना न्यायाधीसको सिफारिश भएको देखिन्छ । उच्च अदालत गठन नहुँदै हालको पुनरावेदनबाटै न्यायाधीश नियुक्तिको सिफारिश गरिनु स्वार्थपूर्ण हतारो हो कि ? संविधान लागू भएका मितिले १ वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने व्यवस्था अनुसार गठन हुने हो भने संविधान लागू भएको पनि ८ महिना बित्न थालेको छ । अब ४ महिनामा उच्च अदालत गठन भइसकेपछि नियुक्तिका पक्रिया अगाडी बढाउँदा सान्दर्भिक हुन्थ्यो । तर, संवैधानिक व्यवस्थालाई नजरअन्दाज गर्दा पनि संसदीय सुनवाइ भइ हाल्ने कुरालाई संविधानको धारा २९२ ले नै अनुमति दिदैन ।
एक जना कानून व्यवसायीले दायर गरेको रिटमा आदेश गर्न अदालतले देखाएको तदारुकता र तत्सम्बन्धमा गरिएको पुनः सिफारिशले पनि यो समस्या सजिलै र यति छिट्टै समाधान भइहाल्ने म देखिरहेको छैन । किन कि यो संसदका प्रमुख दलहरुका बीचमा सहमति नबनि संम्भव छैन र संसदीय दलहरुले सहमति कायम गर्दा निश्चिय पनि आफ्ना स्वार्थलाई अगाडि सार्ने छन र पुनः एकपटक निष्पक्षता र स्वतन्त्रताको महिमा मण्डित न्यायपालिको स्वरुप प्रकट हुनेछ ।
(नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख थापासँग रामदत्त पन्तले गरेको कुराकानी)
Comments
अरु समाचार
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...
-
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका...
-
चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चिली। चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्प लगत्तै सूचना जारी गर्दै समुद्री तटीय क्षेत्रमा सुनामीको कुनै जोखिम नरहेको...
-
पहाडी क्षेत्रमा मध्यम वर्षा, कैलाली-कञ्चनपुरमा तातो हावा चल्ने
काठमाडौं । आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले वर्षा भएको...
-
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...













