सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि ५ हजार मतको अन्तरले जित्ने दावी गरेका छन् । इलाम–२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारसहित २० जनाले मनोनयन दर्ता गराएका छन् ।
सुहाङले मनोनयन दर्ता गरेपछि एमालेका स्थायी समिति सदस्य कार्कीले पहिला उम्मेदवार हुन पार्टी हेरिन्थ्यो, अहिले व्यक्ति हेरिएको बताए । इमानदार र दाग नलागेका शालिन नेता सुवास नेम्बाङका छोरा जसले बुबाको निधन पश्चात बुबाको विरासत जोगाउने प्रण गरेका एक कुशल युवा व्यक्तिका रुपमा सुहाङलाई उम्मेदवार बनाएर पार्टीले सहि निर्णय गरेको उनको भनाई छ ।
‘अरु विदेश गइरहेका छन्’, नेता कार्कीले भने–‘उनी विदेशबाट आफ्नै देशमा केहि गर्छु भनेर नेपाल आए । वकिल पेशासँगै आफ्नै क्षेत्रमा विकास र बुबाको विरासत कायम राख्छु लगायतका काम गर्छु भनेर राजनीतिमा होमिएका एक युवालाई पार्टीले टिकट नदिनु दुःखद हुने थियो । त्यहि भएर सबैको सल्लाहमा उम्मेदवार बनाएका छौँ ।’
उनले भने–‘सुवास नेम्बाङले किरात धर्मको पहिचानको पक्षमा गरेका धेरै योगदानलाई अबमुल्यन हुन दिदैनौँ । धार्मिक पर्यटन, आत्मनन्दनका बुबा फाल्गुनन्दनको विभुति स्थापना गर्न होस् वा इलामको विकास र युवा वर्गमा गरेको योगदान कसैले विर्सनु हुँदैन ।’कांग्रेस उम्मेदवार डम्बर खड्का २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । यता खड्काले २९ हजार ९०६ मत मात्र प्राप्त गरेका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











