रुकुम पूर्व एमाले अध्यक्ष चयनमा सर्वसम्मत प्रयास, नेता-कार्यकर्ता कैलाश मल्लकाे पक्षमा
काठमाडौं । नेकपा एमाले रूकुम पूर्वमा अध्यक्षलगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ।
एमाले रुकुम पूर्व स्रोतका अनुसार एमाले पोलिटब्युरो सदस्य, रुकुम पूर्व इन्चार्ज, केन्द्रीय सदस्यलगायतको नेतृत्वमा छलफल भइरहेको हो।
सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेताहरुले चरणचरणमा घनिभूत छलफल चलाइरहेका छन् । नेतृत्वका लागि अध्यक्षमा कैशाश मल्ल, लिलामणी गौतम र टोपबहादुर वलीले दाबी गरेका छन्।
एमाले रुकुम पूर्वको नवाैँ अधिवेशन यही चैत्र २९ र ३० गते सदरमुकाम रूकुमकोटमा हुँदैछ। अधिवेशनको एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
अध्यक्षका मुख्य दाबेदार मल्लले न्युज नेपाल डटकमसँग भनेस् जिल्ला पार्टी नेतृत्वमा प्रदेश सम्मेलन ताका एक किसिमको भद्र सहमति भएको छ । उक्त विषयको पालना हु्न्छ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो पार्टीको एक व्यक्ति एक जिम्मेवारी भन्रे नीति जो छ । उक्त नीति अनुरुप र प्रदेश सम्मेलन ताका भएको हाम्रो भद्र सहमति अनुसार पनि एमाले रूकुम पूर्व मेरो नेतृत्वमा सर्वसम्मत हुन्छ ।
अहिले नेतृत्वमा रहने आकांक्षा राखेर अगाडि बढ्नु भएका केही कमरेड हुनुहुन्छ वहाँहरू कोही प्रदेश र कोही जिल्लाको निवर्तमान जिम्मेवारीमा हुनुहुन्छ । प्रदेश अधिवेशनकै समयमा मलाई जिल्ला नेतृत्व दिने भनेर समझदारी भएको हो, गत निर्वाचनमा यहाँ पार्टी पराजित हुने निश्चित भएपनि म मैदानमा पुगेको हुँ, त्यो लगानीका हिसाबले र प्रदेश अधिवेशनमा गरिएको समझदारीअनुसार मलाई न्याय गरेर नेतृत्व दिनुहुनेछ, मल्लले भने । अध्यक्षका दाबेदार मल्ल लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहँदै पार्टी सशक्त योगदान दिने व्यक्तिमा गनिन्छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै मल्ल राष्ट्रिय शिक्षा पुरस्कार २०८० बाट सम्मानित भएका छन् ।
एमाले रुकुम पूर्वको अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुईसहित पाँच सदस्यीय पदाधिकारी चयन गर्नेछ। पाँच सदस्यीय पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने एमालेको विधानमा प्रावधान छ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












