रुकुम पूर्व एमाले अध्यक्ष चयनमा सर्वसम्मत प्रयास, नेता-कार्यकर्ता कैलाश मल्लकाे पक्षमा
काठमाडौं । नेकपा एमाले रूकुम पूर्वमा अध्यक्षलगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ।
एमाले रुकुम पूर्व स्रोतका अनुसार एमाले पोलिटब्युरो सदस्य, रुकुम पूर्व इन्चार्ज, केन्द्रीय सदस्यलगायतको नेतृत्वमा छलफल भइरहेको हो।
सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेताहरुले चरणचरणमा घनिभूत छलफल चलाइरहेका छन् । नेतृत्वका लागि अध्यक्षमा कैशाश मल्ल, लिलामणी गौतम र टोपबहादुर वलीले दाबी गरेका छन्।
एमाले रुकुम पूर्वको नवाैँ अधिवेशन यही चैत्र २९ र ३० गते सदरमुकाम रूकुमकोटमा हुँदैछ। अधिवेशनको एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
अध्यक्षका मुख्य दाबेदार मल्लले न्युज नेपाल डटकमसँग भनेस् जिल्ला पार्टी नेतृत्वमा प्रदेश सम्मेलन ताका एक किसिमको भद्र सहमति भएको छ । उक्त विषयको पालना हु्न्छ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो पार्टीको एक व्यक्ति एक जिम्मेवारी भन्रे नीति जो छ । उक्त नीति अनुरुप र प्रदेश सम्मेलन ताका भएको हाम्रो भद्र सहमति अनुसार पनि एमाले रूकुम पूर्व मेरो नेतृत्वमा सर्वसम्मत हुन्छ ।
अहिले नेतृत्वमा रहने आकांक्षा राखेर अगाडि बढ्नु भएका केही कमरेड हुनुहुन्छ वहाँहरू कोही प्रदेश र कोही जिल्लाको निवर्तमान जिम्मेवारीमा हुनुहुन्छ । प्रदेश अधिवेशनकै समयमा मलाई जिल्ला नेतृत्व दिने भनेर समझदारी भएको हो, गत निर्वाचनमा यहाँ पार्टी पराजित हुने निश्चित भएपनि म मैदानमा पुगेको हुँ, त्यो लगानीका हिसाबले र प्रदेश अधिवेशनमा गरिएको समझदारीअनुसार मलाई न्याय गरेर नेतृत्व दिनुहुनेछ, मल्लले भने । अध्यक्षका दाबेदार मल्ल लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहँदै पार्टी सशक्त योगदान दिने व्यक्तिमा गनिन्छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै मल्ल राष्ट्रिय शिक्षा पुरस्कार २०८० बाट सम्मानित भएका छन् ।
एमाले रुकुम पूर्वको अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुईसहित पाँच सदस्यीय पदाधिकारी चयन गर्नेछ। पाँच सदस्यीय पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने एमालेको विधानमा प्रावधान छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












