लगानी सम्मेलनमा भारतीय व्यवसायी भित्र्याउन कसरत, नयाँ दिल्लीमा इन्डस्ट्री आउटरिच मिट
काठमाडौं । नेपालले आगामी वैशाख १६ र १७ मा गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावास र पीएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको इन्डस्ट्री मिटमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए ।
‘यसैबीच हुन लागेको लगानी सम्मेलन भारतीय लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने र पुनर्लगानी योजना बनाउन छलफल गर्ने तथा ठूला व्यापारको आइडिया फुराउने एउटा उपयुक्त अवसर हुने विश्वास छ,’ डा. शर्माले भने, ‘नेपालमा लगानी भित्र्याउन सरकारले व्यापार कानुनदेखि प्रक्रिया सबै सरलीकरण गरिरहेको छ । नेपालमा सञ्चालित व्यापारिक समूह र नेपालको बजार प्रवेश गर्न चाहनेलाई सरकारले सदैव स्वागत गर्ने छ । हामी भारतीय लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रको अंग बन्न आमन्त्रण गर्दछौं ।’
त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बहृत सहभागिता हुने अपेक्षा रहेको बताए । ‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरको उदीयमान लगानी गन्तव्यका रूपमा हेरेर सहयोग गरिदिन भारतीय औद्योगिक अगुवाहरूसँग आग्रह गर्दछु,’ भट्टले भने, ‘हामी भारतीय लगानीकर्तालाई स्वागत गर्न आतुर छौं ।’ नेपालका लागि भारतका पूर्व राजदूत तथा दिल्लीस्थित भारत-नेपाल केन्द्रका अध्यक्ष मञ्जीवसिंह पुरीले नेपाल सार्वभौम मुलुक भएकाले जुनसुकै मुलुकसँग काम गर्न स्वतन्त्र रहेको बताए ।
भारतीयहरुमाझ नेपालको नयाँ गठबन्धन चीनतर्फ ढल्केको भन्ने बुझाइ रहेकोमा त्यसलाई चिर्न पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिएको सहभागीहरुले बताएका छन् ।
लगानी सम्मेलनमा प्रमुख नीति निर्माता, उच्च सरकारी अधिकारी, प्रभावशाली व्यापारीदेखि विश्वव्यापी वित्तीय संस्थाहरू सहभागी हुनेछन् । जहाँ लगानी विविधीकरणका अवसर, जलविद्युत्मा आकर्षक आयोजनाका सम्भावना, पर्यटन, कृषि, निर्माण, सहरी विकास लगायतमा बृहत छलफल हुनेछ ।
त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । इन्डस्ट्री मिटमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, भारतीय उद्योगपतिहरू अनिल खेतान, अजय पोद्दार, कमलेश जैन र अनुकूल भटनागर, भारत–नेपाल केन्द्रका सचिव अतुल ठाकुर, क्लास्पका वरिष्ठ निर्देशक (भारत) विशाल थापालगायत सहभागी थिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












