लगानी सम्मेलनमा भारतीय व्यवसायी भित्र्याउन कसरत, नयाँ दिल्लीमा इन्डस्ट्री आउटरिच मिट
काठमाडौं । नेपालले आगामी वैशाख १६ र १७ मा गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरेको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावास र पीएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको इन्डस्ट्री मिटमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए ।
‘यसैबीच हुन लागेको लगानी सम्मेलन भारतीय लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने र पुनर्लगानी योजना बनाउन छलफल गर्ने तथा ठूला व्यापारको आइडिया फुराउने एउटा उपयुक्त अवसर हुने विश्वास छ,’ डा. शर्माले भने, ‘नेपालमा लगानी भित्र्याउन सरकारले व्यापार कानुनदेखि प्रक्रिया सबै सरलीकरण गरिरहेको छ । नेपालमा सञ्चालित व्यापारिक समूह र नेपालको बजार प्रवेश गर्न चाहनेलाई सरकारले सदैव स्वागत गर्ने छ । हामी भारतीय लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रको अंग बन्न आमन्त्रण गर्दछौं ।’
त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बहृत सहभागिता हुने अपेक्षा रहेको बताए । ‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरको उदीयमान लगानी गन्तव्यका रूपमा हेरेर सहयोग गरिदिन भारतीय औद्योगिक अगुवाहरूसँग आग्रह गर्दछु,’ भट्टले भने, ‘हामी भारतीय लगानीकर्तालाई स्वागत गर्न आतुर छौं ।’ नेपालका लागि भारतका पूर्व राजदूत तथा दिल्लीस्थित भारत-नेपाल केन्द्रका अध्यक्ष मञ्जीवसिंह पुरीले नेपाल सार्वभौम मुलुक भएकाले जुनसुकै मुलुकसँग काम गर्न स्वतन्त्र रहेको बताए ।
भारतीयहरुमाझ नेपालको नयाँ गठबन्धन चीनतर्फ ढल्केको भन्ने बुझाइ रहेकोमा त्यसलाई चिर्न पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिएको सहभागीहरुले बताएका छन् ।
लगानी सम्मेलनमा प्रमुख नीति निर्माता, उच्च सरकारी अधिकारी, प्रभावशाली व्यापारीदेखि विश्वव्यापी वित्तीय संस्थाहरू सहभागी हुनेछन् । जहाँ लगानी विविधीकरणका अवसर, जलविद्युत्मा आकर्षक आयोजनाका सम्भावना, पर्यटन, कृषि, निर्माण, सहरी विकास लगायतमा बृहत छलफल हुनेछ ।
त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । इन्डस्ट्री मिटमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, भारतीय उद्योगपतिहरू अनिल खेतान, अजय पोद्दार, कमलेश जैन र अनुकूल भटनागर, भारत–नेपाल केन्द्रका सचिव अतुल ठाकुर, क्लास्पका वरिष्ठ निर्देशक (भारत) विशाल थापालगायत सहभागी थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











