कैलालीमा दुई वटा पक्की पुलको काम अलपत्र
काठमाडौं । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका–५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो ।
सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी आठ महिना समयावधी थपिए कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।
थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए । सो पुल निर्माणको काम ६५ प्रतिशत मात्र भएको छ ।
गोदावरी नगरपालिकाकै मनहरा खोलामा नौ करोड ५० लाखको लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ । उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर चन्दले बताए। मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो । नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।
यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ । इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी रु १३ करोड ३६ लाखमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












