अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई
काठमाडौं । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ ।
फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५-२२, २५-१८ र २५-१४ जित्या । चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ । निस्दी गाउँपालिकालाई २५-१३, २५-२२ र २८-२६ अङ्कसहित ३-० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको छ भने निस्दी गाउँपालिका चौथो भएको छ ।
उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली घोषित भएका छन् ।
प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । विजेता टोलीले रु एक लाख ३० हजार, दास्रो हुनेले रु ८० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी छ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











