सुहाङ नेम्वाङको संसदीय राजनीतिमा शानदार ‘इन्ट्री’
काठमाडाैँ । इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङ नेम्वाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन् ।
वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार सुहाङ ५,८३० मतान्तरले चुनाव जित्न सफल भए ।
संसदीय राजनीतिको ‘डेब्यु’ मा उनले एमालेलाई विजयी गराएर सिंहदरबारमा शानदार ‘इन्ट्री’ गरेका छन् । एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङको भदौ २५ गते निधन भएपछि उक्त ठाउँ रिक्त थियो । सुवासका कान्छा छोरा सुहाङलाई एमालेले उपचुनावको उम्मेदवार बनायो । जित्नेगरी एमाले निर्वाचन क्षेत्रका ४२ वटै वडामा खटियो । केन्द्रमा जस्तै माओवादी केन्द्रसँग सहकार्य गर्यो ।
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका छन् । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट अध्ययन शुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया गएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्किए । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गरे । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरे पनि समय अभावले थेसिस बाँकी छ ।
आफूलाई जति आवश्यक छ त्यति मात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाव भने निकै राम्रो रहेको छ । स्कूले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने सुहाङले बुवा सुवासको सल्लाह अनुसार मेची डि स्पोर्टिङ क्लब खोलेको बताउँछन् । खेलकुद बुवाको पनि सपना थियो, सुहाङलाई खेलक्षेत्रको विकासमा म लाग्नु पर्छ भन्ने कुराले सधैं प्रेरित गरेको छ ।
बुवाले कहिले पनि आफूलाई पार्टीको काममा नलगाउने र आफ्नो दबाबमा सरकारी जागीर नखुवाउने आफैं सक्षम बन्नु पर्छ भन्ने गरेकाले आफूले कहिले पनि बुवाको शक्तिमा आफू नलागेको सुहाङ सुनाउँछन् । आफ्नो अहिलेसम्मको जीवनमा बुबासँग बसेर नौं पटकमात्र दशैं–तिहार जस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुवाले सबै जीवन देशको परिवर्तन र पार्टीका लागि नै दिको स्मरण गर्छन् ।
आफूले वियजी हुँदै गर्दा आफू सँगै चुनावी मैदानमा रहेका सबै उम्मेद्वारले उठाएका सबै मुद्दाहरु इलामको नागरिकका साझा मुद्दा भएको बताए । ‘एक पटक सबै उम्मेद्वारसँग बसेर छलफल गर्न मन छ । उहाँहरुले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनु पर्छ भन्ने विषयमा काम गर्नुछ’ सुहाङले विजयपछि भने, ‘काम नभएको होइन भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजनाहरु पुरा गर्न सकिन्छ ती कामहरु मैले गर्नुपर्छ ।’
इलाम– २ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणको अर्को समस्या देखिएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने छ । यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्याहरु पाइएको छ, भोट दिने आशीर्वाद दिइरहंदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी बहिनीहरुले झारेको आँशुको ऋण तिर्न अब इलामबाट टाढा जान नसक्ने उनी बताउँछन् ।
‘माथिको नीति निर्माणमा मैले खेल्ने भूमिका, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौं रहेपनि बाँकी समय इलाम र यहाँका नागरिक सँगै हुनेछु’ सुहाङले सुनाए, ‘हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई एक परिवार र इलामलाई एक परिवारका रुपमा एउटै मालामा बाध्नुहुन्थ्यो । अहिले मलाई त्यस्तै भएको छ इलाम मेरो आफ्नो परिवार हो भन्ने महशुस भएको छ, इलामका लागि मैले केही गर्नुपर्छ ।’
नेकपा एमाले पार्टीलाई विश्वास गर्नुभयो, मेरो बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशिर्वाद दिनुभयो यो निर्वाचनमा सहभागी हुने इलाम– २ बासी सम्पूर्णलाई यहींबाट धन्यवाद दिन चाहन्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्दछु । हरेक पल–पलमा नागरिकमा सूचना पुर्याउनु खटिनु हुने सञ्चारकर्मी र सम्पूर्ण सञ्चार संस्थाहरुलाई पनि धन्यवाद दिन चाहन्छु । मिहेनत गरे अनुसारको नतिजा आफ्नो पक्षमा पारेर एमालेले सुवास नेम्वाङको विरासत कायम राखेको छ । एमालेले २०५६ देखि निरन्तर जितेको सो क्षेत्रको कमाण्ड अब ३५ वर्षे सुहाङको काँधमा आएको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












