सुहाङ नेम्वाङको संसदीय राजनीतिमा शानदार ‘इन्ट्री’
काठमाडाैँ । इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङ नेम्वाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन् ।
वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार सुहाङ ५,८३० मतान्तरले चुनाव जित्न सफल भए ।
संसदीय राजनीतिको ‘डेब्यु’ मा उनले एमालेलाई विजयी गराएर सिंहदरबारमा शानदार ‘इन्ट्री’ गरेका छन् । एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङको भदौ २५ गते निधन भएपछि उक्त ठाउँ रिक्त थियो । सुवासका कान्छा छोरा सुहाङलाई एमालेले उपचुनावको उम्मेदवार बनायो । जित्नेगरी एमाले निर्वाचन क्षेत्रका ४२ वटै वडामा खटियो । केन्द्रमा जस्तै माओवादी केन्द्रसँग सहकार्य गर्यो ।
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका छन् । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट अध्ययन शुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया गएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्किए । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गरे । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरे पनि समय अभावले थेसिस बाँकी छ ।
आफूलाई जति आवश्यक छ त्यति मात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाव भने निकै राम्रो रहेको छ । स्कूले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने सुहाङले बुवा सुवासको सल्लाह अनुसार मेची डि स्पोर्टिङ क्लब खोलेको बताउँछन् । खेलकुद बुवाको पनि सपना थियो, सुहाङलाई खेलक्षेत्रको विकासमा म लाग्नु पर्छ भन्ने कुराले सधैं प्रेरित गरेको छ ।
बुवाले कहिले पनि आफूलाई पार्टीको काममा नलगाउने र आफ्नो दबाबमा सरकारी जागीर नखुवाउने आफैं सक्षम बन्नु पर्छ भन्ने गरेकाले आफूले कहिले पनि बुवाको शक्तिमा आफू नलागेको सुहाङ सुनाउँछन् । आफ्नो अहिलेसम्मको जीवनमा बुबासँग बसेर नौं पटकमात्र दशैं–तिहार जस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुवाले सबै जीवन देशको परिवर्तन र पार्टीका लागि नै दिको स्मरण गर्छन् ।
आफूले वियजी हुँदै गर्दा आफू सँगै चुनावी मैदानमा रहेका सबै उम्मेद्वारले उठाएका सबै मुद्दाहरु इलामको नागरिकका साझा मुद्दा भएको बताए । ‘एक पटक सबै उम्मेद्वारसँग बसेर छलफल गर्न मन छ । उहाँहरुले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनु पर्छ भन्ने विषयमा काम गर्नुछ’ सुहाङले विजयपछि भने, ‘काम नभएको होइन भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजनाहरु पुरा गर्न सकिन्छ ती कामहरु मैले गर्नुपर्छ ।’
इलाम– २ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणको अर्को समस्या देखिएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने छ । यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्याहरु पाइएको छ, भोट दिने आशीर्वाद दिइरहंदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी बहिनीहरुले झारेको आँशुको ऋण तिर्न अब इलामबाट टाढा जान नसक्ने उनी बताउँछन् ।
‘माथिको नीति निर्माणमा मैले खेल्ने भूमिका, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौं रहेपनि बाँकी समय इलाम र यहाँका नागरिक सँगै हुनेछु’ सुहाङले सुनाए, ‘हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई एक परिवार र इलामलाई एक परिवारका रुपमा एउटै मालामा बाध्नुहुन्थ्यो । अहिले मलाई त्यस्तै भएको छ इलाम मेरो आफ्नो परिवार हो भन्ने महशुस भएको छ, इलामका लागि मैले केही गर्नुपर्छ ।’
नेकपा एमाले पार्टीलाई विश्वास गर्नुभयो, मेरो बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशिर्वाद दिनुभयो यो निर्वाचनमा सहभागी हुने इलाम– २ बासी सम्पूर्णलाई यहींबाट धन्यवाद दिन चाहन्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्दछु । हरेक पल–पलमा नागरिकमा सूचना पुर्याउनु खटिनु हुने सञ्चारकर्मी र सम्पूर्ण सञ्चार संस्थाहरुलाई पनि धन्यवाद दिन चाहन्छु । मिहेनत गरे अनुसारको नतिजा आफ्नो पक्षमा पारेर एमालेले सुवास नेम्वाङको विरासत कायम राखेको छ । एमालेले २०५६ देखि निरन्तर जितेको सो क्षेत्रको कमाण्ड अब ३५ वर्षे सुहाङको काँधमा आएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












