नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाकाअनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिराहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागू हुने गरी पहिलोपटक सात दिनको म्याद लिइ जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार वैशाख १२ गते बिहानदेखि हराएकी नाबालिका खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मसुरोको झ्याङ्टाभित्र नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो ।
पछिल्लो एक वर्षदेखि परिवारिक झै–झगडाको रिसइवी साँध्न धनिकलाल यादवको घरआँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पु¥याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ । यसै घटनाको अघिल्लो दिन सखुवानन्कारकट्टी गाउँपालिका–५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












