उच्च अदालत तुलसीपुरमा एक हजार ८५ मुद्दा फछर्यौट
काठमाडौं । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष २०८०-८१ मा अदालतमा परेका मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट गरेको छ ।
उच्च अदालत तुलसीपुरका रजिष्ट्रार खड्कराज अधिकारीका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका नौ सय ८० थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका पाँच सय १९ गरी जम्मा एक हजार चार सय ९९ थान मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट भई अब चार सय १४ थान मात्र मुद्दा विचाराधीन रहेका छन् ।
अदालतले गत आर्थिक वर्ष ७२ दशमलव ३८ प्रतिशत मुद्दा फछर्यौट गरी पाँच वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको जनाएको छ । यसैगरी, आव २०७९-८० मा उच्च अदालत तुलसीपुरमा जिम्मेवारी सरी आएका तीन सय ८९ र नयाँ दर्ता भएका ६ सय ६३ गरी कूल एक हजार ५२ थान मुद्दामध्ये पाँच सय ३३ थान अर्थात् ५० दशमलव ६७ प्रतिशत मुद्दा फछर्यौट भएको बताइएको छ ।
त्यस्तै, आव २०७८-७९ मा ६ सय चार, २०७६-७७ मा चार सय आठ र आव २०७७-७८ मा पाँच सय २० थान मुद्दा फछर्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले यसरी सम्बद्ध सबै पक्षको सहयोगमा गत पाँच वर्षयताकै सबैभन्दा बढी मुद्दा फछुर्यौट गर्न अदालत सफल भएको जानकारी दिए ।
मुख्यन्यायाधीश पाण्डेले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्गगरी तीन प्रकारले विभाजन गरी सरल मार्गका ६ महिना, सामान्यका एक वर्ष र विशेष मार्गका मुद्दा १८ महिनाभित्र फछ्र्यौट गरी सक्नुपर्ने व्यवस्था भएअनुसार कार्यसम्पादन गरेको जानकारी दिए।अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको बताउँदै उहाँले हाल विचाराधीन अवस्थामा रहेका दुई वर्षसम्मको मुद्दा एउटामात्र रहेको जानकारी दिए ।
त्यस्तै, एक वर्षदेखि १८ महिनाभित्रका मुद्दाको सङ्ख्या आठ थान, ६ महिनादेखि एक वर्षसम्मको मुद्दाको सङ्ख्या ५१ र ६ महिनाभित्रका मुद्दाको सङ्ख्या तीन सय ५४ थान रहेका छन् ।
नागरिकलाई छिटोछरितो र सहज ढंगले न्याय सम्पादन गर्न सकियोस् भनी अदालतले नागरिक सहायता कक्षको व्यवस्था गरी निःशुल्क रुपमा निवेदन लेखिदिने र अदालतको कामकाजलाई प्रविधिमैत्री बनाई प्रभावकारी सेवा दिने काम भइरहेको मुख्य न्यायाधीश पाण्डेले बताए।
उनले असहाय, आर्थिक रुपमा विपन्न बालबालिका, महिला, वृद्धवृद्धालगायत मुद्दामा वैतनिक कानुन व्यवसायी, अनलाइन तारिख, निःशुल्क कानूनी सहायता, अनलाइनबाट कारागारका कैदीहरूलाई सुनुवाइको सुविधा व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि न्यायाधीशसँग भेटघाट कार्यक्रमअन्तर्गत स्थानीय जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थीहरूसँग न्यायिक संवाद कार्यक्रम समेत सञ्चालन गरेको मुख्य न्यायाधीश पाण्डेले जानकारी दिए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












