उच्च अदालत तुलसीपुरमा एक हजार ८५ मुद्दा फछर्यौट
काठमाडौं । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष २०८०-८१ मा अदालतमा परेका मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट गरेको छ ।
उच्च अदालत तुलसीपुरका रजिष्ट्रार खड्कराज अधिकारीका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका नौ सय ८० थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका पाँच सय १९ गरी जम्मा एक हजार चार सय ९९ थान मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट भई अब चार सय १४ थान मात्र मुद्दा विचाराधीन रहेका छन् ।
अदालतले गत आर्थिक वर्ष ७२ दशमलव ३८ प्रतिशत मुद्दा फछर्यौट गरी पाँच वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको जनाएको छ । यसैगरी, आव २०७९-८० मा उच्च अदालत तुलसीपुरमा जिम्मेवारी सरी आएका तीन सय ८९ र नयाँ दर्ता भएका ६ सय ६३ गरी कूल एक हजार ५२ थान मुद्दामध्ये पाँच सय ३३ थान अर्थात् ५० दशमलव ६७ प्रतिशत मुद्दा फछर्यौट भएको बताइएको छ ।
त्यस्तै, आव २०७८-७९ मा ६ सय चार, २०७६-७७ मा चार सय आठ र आव २०७७-७८ मा पाँच सय २० थान मुद्दा फछर्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले यसरी सम्बद्ध सबै पक्षको सहयोगमा गत पाँच वर्षयताकै सबैभन्दा बढी मुद्दा फछुर्यौट गर्न अदालत सफल भएको जानकारी दिए ।
मुख्यन्यायाधीश पाण्डेले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्गगरी तीन प्रकारले विभाजन गरी सरल मार्गका ६ महिना, सामान्यका एक वर्ष र विशेष मार्गका मुद्दा १८ महिनाभित्र फछ्र्यौट गरी सक्नुपर्ने व्यवस्था भएअनुसार कार्यसम्पादन गरेको जानकारी दिए।अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको बताउँदै उहाँले हाल विचाराधीन अवस्थामा रहेका दुई वर्षसम्मको मुद्दा एउटामात्र रहेको जानकारी दिए ।
त्यस्तै, एक वर्षदेखि १८ महिनाभित्रका मुद्दाको सङ्ख्या आठ थान, ६ महिनादेखि एक वर्षसम्मको मुद्दाको सङ्ख्या ५१ र ६ महिनाभित्रका मुद्दाको सङ्ख्या तीन सय ५४ थान रहेका छन् ।
नागरिकलाई छिटोछरितो र सहज ढंगले न्याय सम्पादन गर्न सकियोस् भनी अदालतले नागरिक सहायता कक्षको व्यवस्था गरी निःशुल्क रुपमा निवेदन लेखिदिने र अदालतको कामकाजलाई प्रविधिमैत्री बनाई प्रभावकारी सेवा दिने काम भइरहेको मुख्य न्यायाधीश पाण्डेले बताए।
उनले असहाय, आर्थिक रुपमा विपन्न बालबालिका, महिला, वृद्धवृद्धालगायत मुद्दामा वैतनिक कानुन व्यवसायी, अनलाइन तारिख, निःशुल्क कानूनी सहायता, अनलाइनबाट कारागारका कैदीहरूलाई सुनुवाइको सुविधा व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि न्यायाधीशसँग भेटघाट कार्यक्रमअन्तर्गत स्थानीय जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थीहरूसँग न्यायिक संवाद कार्यक्रम समेत सञ्चालन गरेको मुख्य न्यायाधीश पाण्डेले जानकारी दिए ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












