नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा र स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा आइतबार बैठक सम्पन्न भएको हो ।
बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले अब पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताएका छन्। राईले “यो बर्ष पार्टी सुदृढिकरणको बर्ष रहेको बताउंदै सबै कार्यकर्तालाई वीधि र नीति पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गरे” । उनले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउँदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आव्हान समेत गरेका छन् । “पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुहोस्” राईले भने। फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत निगरानी गरीने उनले बताए।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका राईले आफुहरुले प्रदेशको गुरु योजना बनाएर छोडेको र सोही योजना अनुसार अहिले काम भईरहेको बताए । आईतबार सम्पन्न बैठकमा विशिष्ट अतिथी स्थाई कमीटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अपर अरुणमा जनताको स्वमित्व रहने बताए । अपर अरुणमा लगानी गर्न ईच्छुक हरेक घरमा शेयर शुनिश्चितताको ग्यारेन्टी गर्दै उनले भने, ”पैसा नहुनेलाई श्रमदान मार्फत समेत शेयर कायम गर्ने व्यवस्था लागु हुनेछ ।”
संखुवासभा जिल्लाका पुर्व प्रतिनिधिसभा सदस्य समेत रहेका गौतमले किमाथांका जोड्ने सडकको काममा ढिलाई भएको भन्दै ४८ प्रतिशत कम लागतमा ठेक्का लाग्नु बिडम्वना भएको बताएका छन्। योगमाया बिश्वबिद्यालयको केन्द्रीय कार्यालय खाँदबारीमा रहने र काम सुरु भईसकेको पनी उनले जनाएका छन् । चुनाव अघि होस् अथवा पछी विकासको काममा एमाले जनताको साथमा रहेको गौतमको भनाई छ।
तेस्रो पुर्ण बैठकको अवसरमा नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य लक्ष्मी दाहाल अधिकारी र छेरुक मुनाल भोटे नेकपा एमालेमा प्रवेश गरेका छन् । अधिकारी समजबादी निकट अनेमसंघकी केद्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत थिइन् । बैठकमा जनसंगठन र बिभगको जिम्मेवारी बाँडफांड र पालिका कमिटीहरुको प्रतिबेदन प्रस्तुत गरीएको जिल्ला कमिटी सदस्य नविन दाहालले जानकारी दिए। सुर्य बहादुर दाहालको अध्यक्षतामा सल्लाहकार परिषद र यदुनाथ नेपालको अध्यक्षतामा ज्येष्ठ कम्युनिष्ठ मञ्च समेत गठन गरीएको छ । कार्यक्रममा प्रदेश कमिटीमा मनोनीत नयाँ सदस्यहरुलाई रुद्राक्ष माला र अबिरले लगाएर बधाई तथा शुभकामना प्रदान गरीएको छ । कार्यक्रम जिल्ला सचिव गोपाल श्रेष्ठले सञ्चालन गरेका थिए ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












