आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
हिजो र अस्तिको तुलनामा अबको तीन दिन अर्थात् सोमवारसम्म पानी पर्ने क्रम केही बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले देशका विभिन्न ठाउँमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना कायमै रहेको बताउनुभयो ।
विशेषगरी कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । त्यस्तै देशका पहाडी र हिमाली क्षेत्रमा आउँदो बिहीवारसम्म नै मौसम आंशिकदेखि साधारणतया बदली तथा वर्षाको सम्भावना छ ।
अहिले सिन्धुपाल्चोकको तार्के घ्याङ, मेलम्ची, ढुङ्गे, भोताङ, दुवाचौर र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसोपछि काठमाण्डौको कपन र पानीपोखरीमा हल्कादेखि मध्यम वर्षा भएको छ । कृषि मौसम बुलेटिनले पनि आउँदो बिहीवारसम्म मौसम बदली र वर्षाको जोखिम रहेकाले किसानलाई सजग रहन अनुरोध गरेको छ ।
यसैबीच कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेलगायतका जिल्लामा धान पाकिसकेकाले किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । पूर्वानुमानअनुसार मध्यम तथा ठूलो वर्षाले पाकेको र पाक्न लागेको धानबालीलाई क्षति पुग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन किसानलाई उहाँको आग्रह छ ।
जेठ मध्यबाट रोपाइँ शुरू भएको र रोपेको क्षेत्रमा अब धान थन्काउने बेला भएको छ । यो बेलामा अलि ठूलो पानी परेमा धानको बाला झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा कुहिनेजस्ता समस्या हुन सक्छ ।
यस वर्ष मनसुन बेलैमा सक्रिय हुँदा धेरैजसो ठाउँमा रोपाइँ भएको र यसबाट धानको उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्न सक्ने अनुमानसमेत गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । यस कारण उत्पादन बढ्ने अनुमान छ तर धान भित्र्याउने बेलामा मौसमले पनि साथ दिनुपर्छ । २०७८ सालमा असोजको अन्तिम र कात्तिकको पहिलो हप्ता परेको बेमौसमी वर्षाले पश्चिम तराईमा धानबालीमा ठूलो क्षति पुर्याएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












