आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
हिजो र अस्तिको तुलनामा अबको तीन दिन अर्थात् सोमवारसम्म पानी पर्ने क्रम केही बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले देशका विभिन्न ठाउँमा हल्कादेखि केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना कायमै रहेको बताउनुभयो ।
विशेषगरी कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । त्यस्तै देशका पहाडी र हिमाली क्षेत्रमा आउँदो बिहीवारसम्म नै मौसम आंशिकदेखि साधारणतया बदली तथा वर्षाको सम्भावना छ ।
अहिले सिन्धुपाल्चोकको तार्के घ्याङ, मेलम्ची, ढुङ्गे, भोताङ, दुवाचौर र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसोपछि काठमाण्डौको कपन र पानीपोखरीमा हल्कादेखि मध्यम वर्षा भएको छ । कृषि मौसम बुलेटिनले पनि आउँदो बिहीवारसम्म मौसम बदली र वर्षाको जोखिम रहेकाले किसानलाई सजग रहन अनुरोध गरेको छ ।
यसैबीच कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेलगायतका जिल्लामा धान पाकिसकेकाले किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । पूर्वानुमानअनुसार मध्यम तथा ठूलो वर्षाले पाकेको र पाक्न लागेको धानबालीलाई क्षति पुग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन किसानलाई उहाँको आग्रह छ ।
जेठ मध्यबाट रोपाइँ शुरू भएको र रोपेको क्षेत्रमा अब धान थन्काउने बेला भएको छ । यो बेलामा अलि ठूलो पानी परेमा धानको बाला झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा कुहिनेजस्ता समस्या हुन सक्छ ।
यस वर्ष मनसुन बेलैमा सक्रिय हुँदा धेरैजसो ठाउँमा रोपाइँ भएको र यसबाट धानको उत्पादन पाँचदेखि सात प्रतिशतसम्म बढ्न सक्ने अनुमानसमेत गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । यस कारण उत्पादन बढ्ने अनुमान छ तर धान भित्र्याउने बेलामा मौसमले पनि साथ दिनुपर्छ । २०७८ सालमा असोजको अन्तिम र कात्तिकको पहिलो हप्ता परेको बेमौसमी वर्षाले पश्चिम तराईमा धानबालीमा ठूलो क्षति पुर्याएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












