पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जारालगायतको टोलीले वडा कार्यालयसँगको समन्वयमा सम्बन्धित ठाउँमा पुगेर वितरण गरेको हो ।
नगरप्रमुख भण्डारीले पनौती नगरपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी भूमेडाँडा आसपासमा भएको बताए। प्रारम्भिक विवरणअनुसार तीन सय परिवार घरबारविहीन भएको उनको भनाइ छ । रोशी खोलामा गएको बाढीका कारण धेरै कटान भएर धेरै धनजनको क्षति भएको छ ।
विपद्पछिको पहिलो कार्य राहत वितरण र पहुँचमार्गलाई अगाडि बढाएको उनले बताए । सोही क्षेत्रबाट काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन लगेकोमा ११ किलोमिटरभन्दा बढी ठाउँमा क्षति पुगेको कारण खानेपानी समस्यामा रहेको जनाएको छ ।
नगरउपप्रमुख गीता बञ्चाजाराले भूमेडाँडा रोशी आसपासका नागरिक एउटा घरबाट अर्को घरसम्म पनि जान सक्ने अवस्था नरहेकाले कारण यहाँका खानेपानी, बिजुली र राहत र उद्धारका काममा लागेको बताए । पहिलो चरणमा पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुनलगायतका सामग्री वितरण गरिएको छ ।
दाताबाट सङ्कलन भएको र नगरपालिकाबाट थप गरी वडा कार्यालयमार्फत नगरपालिकाको वडा नं. १, २, ३, ४ र १२ का गरी एक सय ५१ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।
भूमेडाँडाका हरिबहादुर मुल्मिले घरबार बगाउनेदेखि पाकेको धानखेतमा धेरै क्षति भएको कारण नागरिकले धेरै पीडा खेप्नुपरेको बताए। सो क्षेत्रका नागरिकले बस्ने, खानेलगायतका राहतलाई समयमा प्राप्त गर्न नपाएको गुनासो गरेका छन् । गत बिहीबारदेखि गरेको अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीले आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ ।
मङ्गलबार नै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै सङ्घ÷संस्थालाई मानवीय सङ्कटको यस अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गरेका छन् । बाढीपहिरोमा परी पनौती नगरपालिका क्षेत्रभित्रका २० जना व्यक्तिको निधन भएको, धेरै व्यक्तिहरू घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
साथै सात सय १३ घर आंशिकरूपमा क्षतिग्रस्त रहेका, पहिरोमा परी दुई हजारभन्दा बढी सङ्ख्यामा पशुधनको क्षति भएको, अधिकांश सडक बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेको अवस्था छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...











