गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै
बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले मर्माहत बनाएको जनाएको छ । निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवारले भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै यस प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा,बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन परिषद्ले नेपाल सरकारसँग आग्रह गरेको छ । यसका साथै अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।
बाढी पीडितलाई राहत दिन परिषद्ले के गर्दैछ ?
विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाइल्याण्ड अन्तर्गत रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई परिषद्ले अपिल गरेको थियों । अपिलअनुसार गैरआवासीय नेपालीहरुले दिएको रकम संकलनको काम सकिएको छ । संकलित रकम शनिबार परिषद्को नाममा रहेको खातामा नेपाल पठाइने भएको छ ।
परिषद्ले बाढीपहिरो पीडितहरुलाई शनिबारदेखि नै राहत वितरण गर्ने भएको छ । राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डका पदाधिकारीहरुको उपस्थितिमा राहत वितरण गरिने कार्यक्रम छ । परिषद् अध्यक्ष बस्नेतले बाढीपीडितहरुलाई राहतस्वरुप खाद्यान्न र लताकपडा सहयोग गर्ने जानकारी दिनु भयो । एनआरएनएले एक करोड रुपियाँको राहतको घोषणा गरेको छ । सोहीअनुसार थाइल्याण्ड परिषद्ले पनि लाखौं रुपियाँको राहत प्याकेज ल्याएको हो । राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरणको काम दसैं अगाडि नै सक्ने योजना रहेको छ । दसैं चाड मनाउन समेत केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्य राखेर राहत वितरणको कार्यक्रम राखिएको बस्नेतले न्यूज नेपाल डटकमलाई जानकारी दिनु भयो ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...












