गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै
बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले मर्माहत बनाएको जनाएको छ । निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवारले भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै यस प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा,बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन परिषद्ले नेपाल सरकारसँग आग्रह गरेको छ । यसका साथै अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।
बाढी पीडितलाई राहत दिन परिषद्ले के गर्दैछ ?
विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाइल्याण्ड अन्तर्गत रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई परिषद्ले अपिल गरेको थियों । अपिलअनुसार गैरआवासीय नेपालीहरुले दिएको रकम संकलनको काम सकिएको छ । संकलित रकम शनिबार परिषद्को नाममा रहेको खातामा नेपाल पठाइने भएको छ ।
परिषद्ले बाढीपहिरो पीडितहरुलाई शनिबारदेखि नै राहत वितरण गर्ने भएको छ । राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डका पदाधिकारीहरुको उपस्थितिमा राहत वितरण गरिने कार्यक्रम छ । परिषद् अध्यक्ष बस्नेतले बाढीपीडितहरुलाई राहतस्वरुप खाद्यान्न र लताकपडा सहयोग गर्ने जानकारी दिनु भयो । एनआरएनएले एक करोड रुपियाँको राहतको घोषणा गरेको छ । सोहीअनुसार थाइल्याण्ड परिषद्ले पनि लाखौं रुपियाँको राहत प्याकेज ल्याएको हो । राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरणको काम दसैं अगाडि नै सक्ने योजना रहेको छ । दसैं चाड मनाउन समेत केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्य राखेर राहत वितरणको कार्यक्रम राखिएको बस्नेतले न्यूज नेपाल डटकमलाई जानकारी दिनु भयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











