भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार उक्त विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ।
उद्घाटन भएको लामो समयसम्म पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेको भैरहवा विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
उडान अनुमति लिएका तीन कम्पनी
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले अनुमति पाएका छन्।
उनले भने, ‘उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले सेड्यूल पनि स्वीकृत गराइसकेका छन् तर थाई एअर एशियाले चाहिँ सेड्यूल स्वीकृत गराइसकेको छैन।’ यही अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले ब्याङ्कक(काठमाण्डू चार र ब्याङ्कक(भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको उनले बताए।
‘उसले भैरहवामा उडान गर्न पाउने नीतिगत अनुमति पाइसकेको छ, अब तालिका स्वीकृत गराउन मात्र बाँकी हो’, उनले भने।उक्त कम्पनीको प्राविधिक टोलीले गत अक्टोबर ३ मा भैरहवा गएर विमानस्थलको प्राविधिक निरीक्षण गरिसकेकाले चाँडै तालिका स्वीकृतिका लागि पठाउनसक्ने भुलको भनाइ छ।
ठूलो लगानीमा बनाइएको उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ। अधिकारीहरूले अहिले अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएकाले अब त्यस्तो आलोचनाको औचित्य नरहने दाबी गरेका छन्।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












