भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार उक्त विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ।
उद्घाटन भएको लामो समयसम्म पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेको भैरहवा विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
उडान अनुमति लिएका तीन कम्पनी
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले अनुमति पाएका छन्।
उनले भने, ‘उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले सेड्यूल पनि स्वीकृत गराइसकेका छन् तर थाई एअर एशियाले चाहिँ सेड्यूल स्वीकृत गराइसकेको छैन।’ यही अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले ब्याङ्कक(काठमाण्डू चार र ब्याङ्कक(भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको उनले बताए।
‘उसले भैरहवामा उडान गर्न पाउने नीतिगत अनुमति पाइसकेको छ, अब तालिका स्वीकृत गराउन मात्र बाँकी हो’, उनले भने।उक्त कम्पनीको प्राविधिक टोलीले गत अक्टोबर ३ मा भैरहवा गएर विमानस्थलको प्राविधिक निरीक्षण गरिसकेकाले चाँडै तालिका स्वीकृतिका लागि पठाउनसक्ने भुलको भनाइ छ।
ठूलो लगानीमा बनाइएको उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ। अधिकारीहरूले अहिले अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएकाले अब त्यस्तो आलोचनाको औचित्य नरहने दाबी गरेका छन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












