छविलालले बिगारे गृहको छवि, एक दर्जन सहसचिव ‘बरण्डा’मा
काठमाडौं । गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सहसचिव छविलाल रिजालले गृहका एक दर्जन सहसचिवहरूलाई जिम्मेवारी दिएर पठाउने फाइललाई अगाडि नबढाउदा देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने गृह मन्त्रालयको शाखः खस्किदै गएको छ। सहसचिव रिजालले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुन चलखेल गरिरहेका छन् । रूपन्देहीको आफू सिडिओ नभए नेपाली कांग्रेस निकट काला कांग्रेस सहसचिव प्रकाश पौडेललाई रूपन्देहीको सिडिओ बनाउन अगाडि सारेका छन्। यसले सिडिओ सरूवामा रिजालले टाङ अडाएर बस्दा गृहको बरण्डामा एक दर्जन काविल, क्षमतावान र सक्षम सहसचिवहरू थन्किएर बसेको लामो समय भैसकेको छ।
गृह प्रशासनमा सिडिओलाई ९ महिना अर्थात २७० दिन पूरा भएपछि सरूवा गर्न सकिने परम्परा रहदै आएको छ। तर १० महिनादेखि डेढ वर्ष पूरा भएका तथा विगतको सरकारले सरूवा गरेका सिडिओहरूको सरूवा गर्ने कार्यमा सहसचिव रिजालले टाङ अडयाउदा सरूवा रोकिन पुगेको छ। गृह सचिव गोकर्णमणी दुवाडी र गृह मन्त्री रमेश लेखकले २७० दिनदेखि डेढ वर्ष अवधि पूरा भैसकेका र अघिल्ला गृह मन्त्री नारायणकाजी श्रेष्ठ र रवी लामिछानेले सरूवा गरेका सिडिओ र अन्य विभागका सहसचिवहरूलाई तिहार अगाडि नै सरूवा गर्न सुची तयार पार्न निर्देशन दिएका भएपनि कर्मचारी प्रशासन महाशाखाका सहसचिव रिजालले आफुले भनेको रूपन्देही जिल्लाको सिडिओ नपाएर सरूवाको फाइल रोकेर बसेका छन्।
उनले रूपन्देही जस्तो आकर्षक र मालदार जिल्लाको सिडिओ ताकेका छन्। शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा रिजाल झापाको सिडिओ भएका थिए । त्यहाँ सिडिओ हुँदा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध बनाउन खोजेपनि झापामा सिडिओको भूमिका भन्दा कांगेसी हुन खोज्दा प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो। त्यही भएर उनीसँग ओली रिसाएका छन्।
रिजाल तनहुँ जस्तो शक्तिकेन्द्र रहेका जिल्लाको पनि सिडिओ भैसकेका छन्। त्यही भएर उनले शितल निवासबाट पनि रूपन्देहीका लागि पावर लगाउदै आएका छ। उनी जसरी भएपनि रूपन्देही जिल्ला ताकिरहेका छन। रूपन्देहीमा उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आफू निकट सहसचिव उमेश ढकाललाई पठाउन चाहेका थिए । तर पौडेल चीन भ्रमणमा रहेका बेला रिजालले नै काभ्रेको सिडिओमा पठाएर आफू रूपन्देहीको सिडिओ बन्न लाइन क्लियर गरेका थिए । उनले अहिले कांग्रेसी प्रकाश पौडेललाई पठाउन चाहेको गृह स्रोतले बताएको छ।
तात्कालिक गृहमन्त्री रवी लामिछानेले उनलाई कुनै जिम्मेवारी नदिइ मन्त्रालयको बरण्डामा थन्काएर राखेका थिए । अहिले गृह सचिव दुवाडी र प्रशासन महाशाखाका सहसचिव रिजालले सहसचिवहरूको व्यवस्थापनमा कुनै चासो दिएका छैनन्। काठमाडौंमा गृह मन्त्री लेखक निकट जयनारायण आचार्य सिडिओ भैसकेकाले झापा, ललितपुर र रूपन्देहीमा एमाले निकट सहसचिव सिडिओ हुने स्रोतको दावी छ। मोरङ, पर्सा, रौतहटमा कांग्रेसले भाग पाउने सम्भावना भएपनि रिजाल ती जिल्लामा जान अनिच्छुक भएकाले सिडिओ सरूवामा टाङ अडयाएका हुन्। उनले आफनो सरूवा नहुनेभएपछि रूपन्देहीमा सहसचिव प्रकाश पौडेलको सरूवा गर्न लागेका छन्। उनी ललितपुर जिल्लामा केन्द्रीय प्रतिनिधि बनेर हल्लिरहेका छन्। सहसचिव गोविन्द प्रसाद रिजाल मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा कि मोरङ वा पर्साको सिडिओ ताकिरहेका छन्।
गृहलाई आवश्यक नभएको अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तै सरुवा गराउन सकिन्छ तर जिम्मेवारी नै नदिई राख्नु भनेको कुनै हिसाबले उचित नभएको गृहकै एक सहसचिव बताउँछन् । अझ उपसचिवलाई प्रजिअ बनाई पठाई रहँदा सहसचिवले बस्ने व्यवस्थासमेत नहुनुले गृहकै शाख गिराएको ती सहसचिवको भनाई छ । सहसचिव सिडिओ हुने ६१ जिल्ला छन्। हिमाली र दुर्गम १६ जिल्लामा सिडिओ उपसचिव हुन्छन्। इलाका प्रशासन कार्यालयहरूमा पनि उपसचिव तहका कर्मचारी इलाका प्रशासकका रूपमा पठाइन्छ। तर अहिले सहसचिव सिडिओ हुने १० जिल्लामा उपसचिवहरूलाई कामु सिडिओ बनाएर खटाउने गृहको गलत निर्णयको कारण अहिले गृहको बरण्डामा एक दर्जन सहसचिवहरू थन्किन पुगेका हुन्।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











