छविलालले बिगारे गृहको छवि, एक दर्जन सहसचिव ‘बरण्डा’मा
काठमाडौं । गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सहसचिव छविलाल रिजालले गृहका एक दर्जन सहसचिवहरूलाई जिम्मेवारी दिएर पठाउने फाइललाई अगाडि नबढाउदा देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने गृह मन्त्रालयको शाखः खस्किदै गएको छ। सहसचिव रिजालले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुन चलखेल गरिरहेका छन् । रूपन्देहीको आफू सिडिओ नभए नेपाली कांग्रेस निकट काला कांग्रेस सहसचिव प्रकाश पौडेललाई रूपन्देहीको सिडिओ बनाउन अगाडि सारेका छन्। यसले सिडिओ सरूवामा रिजालले टाङ अडाएर बस्दा गृहको बरण्डामा एक दर्जन काविल, क्षमतावान र सक्षम सहसचिवहरू थन्किएर बसेको लामो समय भैसकेको छ।
गृह प्रशासनमा सिडिओलाई ९ महिना अर्थात २७० दिन पूरा भएपछि सरूवा गर्न सकिने परम्परा रहदै आएको छ। तर १० महिनादेखि डेढ वर्ष पूरा भएका तथा विगतको सरकारले सरूवा गरेका सिडिओहरूको सरूवा गर्ने कार्यमा सहसचिव रिजालले टाङ अडयाउदा सरूवा रोकिन पुगेको छ। गृह सचिव गोकर्णमणी दुवाडी र गृह मन्त्री रमेश लेखकले २७० दिनदेखि डेढ वर्ष अवधि पूरा भैसकेका र अघिल्ला गृह मन्त्री नारायणकाजी श्रेष्ठ र रवी लामिछानेले सरूवा गरेका सिडिओ र अन्य विभागका सहसचिवहरूलाई तिहार अगाडि नै सरूवा गर्न सुची तयार पार्न निर्देशन दिएका भएपनि कर्मचारी प्रशासन महाशाखाका सहसचिव रिजालले आफुले भनेको रूपन्देही जिल्लाको सिडिओ नपाएर सरूवाको फाइल रोकेर बसेका छन्।
उनले रूपन्देही जस्तो आकर्षक र मालदार जिल्लाको सिडिओ ताकेका छन्। शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा रिजाल झापाको सिडिओ भएका थिए । त्यहाँ सिडिओ हुँदा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध बनाउन खोजेपनि झापामा सिडिओको भूमिका भन्दा कांगेसी हुन खोज्दा प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो। त्यही भएर उनीसँग ओली रिसाएका छन्।
रिजाल तनहुँ जस्तो शक्तिकेन्द्र रहेका जिल्लाको पनि सिडिओ भैसकेका छन्। त्यही भएर उनले शितल निवासबाट पनि रूपन्देहीका लागि पावर लगाउदै आएका छ। उनी जसरी भएपनि रूपन्देही जिल्ला ताकिरहेका छन। रूपन्देहीमा उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आफू निकट सहसचिव उमेश ढकाललाई पठाउन चाहेका थिए । तर पौडेल चीन भ्रमणमा रहेका बेला रिजालले नै काभ्रेको सिडिओमा पठाएर आफू रूपन्देहीको सिडिओ बन्न लाइन क्लियर गरेका थिए । उनले अहिले कांग्रेसी प्रकाश पौडेललाई पठाउन चाहेको गृह स्रोतले बताएको छ।
तात्कालिक गृहमन्त्री रवी लामिछानेले उनलाई कुनै जिम्मेवारी नदिइ मन्त्रालयको बरण्डामा थन्काएर राखेका थिए । अहिले गृह सचिव दुवाडी र प्रशासन महाशाखाका सहसचिव रिजालले सहसचिवहरूको व्यवस्थापनमा कुनै चासो दिएका छैनन्। काठमाडौंमा गृह मन्त्री लेखक निकट जयनारायण आचार्य सिडिओ भैसकेकाले झापा, ललितपुर र रूपन्देहीमा एमाले निकट सहसचिव सिडिओ हुने स्रोतको दावी छ। मोरङ, पर्सा, रौतहटमा कांग्रेसले भाग पाउने सम्भावना भएपनि रिजाल ती जिल्लामा जान अनिच्छुक भएकाले सिडिओ सरूवामा टाङ अडयाएका हुन्। उनले आफनो सरूवा नहुनेभएपछि रूपन्देहीमा सहसचिव प्रकाश पौडेलको सरूवा गर्न लागेका छन्। उनी ललितपुर जिल्लामा केन्द्रीय प्रतिनिधि बनेर हल्लिरहेका छन्। सहसचिव गोविन्द प्रसाद रिजाल मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा कि मोरङ वा पर्साको सिडिओ ताकिरहेका छन्।
गृहलाई आवश्यक नभएको अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तै सरुवा गराउन सकिन्छ तर जिम्मेवारी नै नदिई राख्नु भनेको कुनै हिसाबले उचित नभएको गृहकै एक सहसचिव बताउँछन् । अझ उपसचिवलाई प्रजिअ बनाई पठाई रहँदा सहसचिवले बस्ने व्यवस्थासमेत नहुनुले गृहकै शाख गिराएको ती सहसचिवको भनाई छ । सहसचिव सिडिओ हुने ६१ जिल्ला छन्। हिमाली र दुर्गम १६ जिल्लामा सिडिओ उपसचिव हुन्छन्। इलाका प्रशासन कार्यालयहरूमा पनि उपसचिव तहका कर्मचारी इलाका प्रशासकका रूपमा पठाइन्छ। तर अहिले सहसचिव सिडिओ हुने १० जिल्लामा उपसचिवहरूलाई कामु सिडिओ बनाएर खटाउने गृहको गलत निर्णयको कारण अहिले गृहको बरण्डामा एक दर्जन सहसचिवहरू थन्किन पुगेका हुन्।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












