राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ ।
कोहलपुर नगरपालिकाले रानालाई नगद रु.५१ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्दै रानाको उपलब्धि र योगदानको कदर गरेको हो । बङ्गलादेश सँगको प्रतिस्पर्धामा पराजित हुँदै नेपाली टोली उपविजेता बनेको थियो ।
सम्मान कार्यक्रममा नगर प्रमुख पूर्णप्रसाद आचार्यले खेलाडीलाई राष्ट्रको पहिचान र गहनाका रूपमा सम्मान गर्दै कोहलपुर नगरपालिका खेलाडी उत्पादन र प्रवर्धनमा निरन्तर सक्रिय रहेको बताए । उनले नगरपालिका स्तरमा स्कुल, वडा र गोल्ड कप जस्ता प्रतियोगिताहरू नियमित आयोजना गर्दै खेलाडीको विकास र आत्मबल बढाउन प्रयत्नशील रहेको उल्लेख गरे ।
कार्यक्रममा उपप्रमुख सङ्गीता सुवेदीले पूजा रानालाई सम्मान गर्न पाउँदा कोहलपुर नगरपालिका गर्वित भएको बताए। उनले स्थानीय स्तरमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। खेलाडी रानाले सम्मानबाट थप प्रोत्साहन मिलेको बताईन् ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











