जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम र शिक्षा’ भन्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ’, पोख्रेलले भनेका छन् ।
४१ पदका लागि भएको उपचुनावमा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये एउटा सिटमा मात्रै आफ्नो उम्मेदवारलाई जिताउन सकेको छ । माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाएको छ । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाएको छ ।
साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखिएको एमाले महासचिव पोख्रेलको बुझाइ छ । जसपाले आफुले विगतमा जितेको गुमाएको र यसपटक नयाँ ठाउमा चुनाव जितेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘स्वतन्त्रले जितेको ठाउँमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउमा स्वतन्त्रले जितेको देखियो ।’
यी विवरण उल्लेख गर्दै महासचिव पोख्रेलले जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘‘जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको गरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।’
उपचुनावको परिणाममा एमाले तेश्रो भएको भनेर प्रचार भइरहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ ।’
तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न देखिने महासचिव पोख्रेलले बताए ।
उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख /अध्यक्ष र ३ पालिका उपप्रमुख /उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा माओवादी केन्द्रले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए ।
एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने एमाले महासचिव पोख्रेलको मत छ ।
समग्रतामा कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले कांग्रेसले २ अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ ।
माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपि माओवादीको जितमा विगतको चुनावमा कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यहाँनेर एमाले महासचिव पोख्रेलले लेखेका छन्, ‘यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।’
एमालेले विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ । गुमेको दुई वडाध्यक्षका ठाउँमा एक अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधारोन्मुख नै देखिने महासचिव पोख्रेलले बताए ।
पार्टीको अपेक्षा अनुसार परिणाम आउन भने नसकेको उनले बताए । ‘तर नेकपा (एमाले)का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन’, महासचिव पोख्रेलले भने ।
अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको उनको ब्याख्या छ । यहाँनेर महासचिव पोख्रेलले लेख्छन्, ‘त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।’
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












