जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम र शिक्षा’ भन्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ’, पोख्रेलले भनेका छन् ।
४१ पदका लागि भएको उपचुनावमा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये एउटा सिटमा मात्रै आफ्नो उम्मेदवारलाई जिताउन सकेको छ । माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाएको छ । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाएको छ ।
साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखिएको एमाले महासचिव पोख्रेलको बुझाइ छ । जसपाले आफुले विगतमा जितेको गुमाएको र यसपटक नयाँ ठाउमा चुनाव जितेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘स्वतन्त्रले जितेको ठाउँमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउमा स्वतन्त्रले जितेको देखियो ।’
यी विवरण उल्लेख गर्दै महासचिव पोख्रेलले जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘‘जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको गरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।’
उपचुनावको परिणाममा एमाले तेश्रो भएको भनेर प्रचार भइरहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ ।’
तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न देखिने महासचिव पोख्रेलले बताए ।
उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख /अध्यक्ष र ३ पालिका उपप्रमुख /उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा माओवादी केन्द्रले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए ।
एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने एमाले महासचिव पोख्रेलको मत छ ।
समग्रतामा कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले कांग्रेसले २ अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ ।
माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपि माओवादीको जितमा विगतको चुनावमा कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यहाँनेर एमाले महासचिव पोख्रेलले लेखेका छन्, ‘यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।’
एमालेले विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ । गुमेको दुई वडाध्यक्षका ठाउँमा एक अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधारोन्मुख नै देखिने महासचिव पोख्रेलले बताए ।
पार्टीको अपेक्षा अनुसार परिणाम आउन भने नसकेको उनले बताए । ‘तर नेकपा (एमाले)का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन’, महासचिव पोख्रेलले भने ।
अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको उनको ब्याख्या छ । यहाँनेर महासचिव पोख्रेलले लेख्छन्, ‘त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।’
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...