तराईमा चिसोले जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् ।
“गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्छन्, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।
महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउँछन् । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्रग र बिरामी हुने क्रम बढेको बताए ।
जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउँछन् ।
Comments
अरु समाचार
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...
-
वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई...
-
कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का...
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक...
-
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन्...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...