सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउछौँ: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन्।
नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासङ्घमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रम, पदाधिकारी विजयी कार्यसमितिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका हुन्।
“संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ”, महासचिव पोखरेलले भने, “संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।”
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै पोखरेलले राजनीति घाम छाँया नरहेको स्पष्ट समेत पारेका छन् ।
सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै महासचिव पोखरेलले निराशा चिर्दै समृद्ध मुलुकको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गर्दै महासचिव पोखरेलले भने, “विगतमा धेरै सुधार भएको छ । राजश्व सङ्कलन बढेको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।”
सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताए । “अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था छैन । सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढेका छन्”, महासचिव पोखरेलले भने, “संकट समाधान गर्न सरकार संवेदनशील छ ।”
यस्तै महासचिव पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । “संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी भयो”, उनले भने, “तथ्यहीन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउनेगरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाउँदा बित्तिकै पत्रकार भन्ने गलत अभ्यास चलेको छ । यो राम्रो होइन ।”
दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले भने, “नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक बिस्तारको काम सुनिश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको छ । तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई बिस्तार गर्ने काम अघि बढेको छ । लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको छ ।”
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासङ्घ लागिपर्ने बताए । सदस्यता शुद्धीकरणका नाममा महासङ्घको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासङ्घ नेतृत्वले सफलता प्राप्त गर्ने समेत दाबी गरे ।
प्रचार तथा प्रसार विभाग प्रमुख संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी, कार्यसमिति, राष्ट्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












