सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउछौँ: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन्।
नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासङ्घमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रम, पदाधिकारी विजयी कार्यसमितिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका हुन्।
“संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ”, महासचिव पोखरेलले भने, “संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।”
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै पोखरेलले राजनीति घाम छाँया नरहेको स्पष्ट समेत पारेका छन् ।
सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै महासचिव पोखरेलले निराशा चिर्दै समृद्ध मुलुकको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गर्दै महासचिव पोखरेलले भने, “विगतमा धेरै सुधार भएको छ । राजश्व सङ्कलन बढेको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको हो । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ ।”
सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताए । “अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था छैन । सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढेका छन्”, महासचिव पोखरेलले भने, “संकट समाधान गर्न सरकार संवेदनशील छ ।”
यस्तै महासचिव पोख्रेलले संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । “संस्थागत पत्रकारिता कमजोर हुँदा अराजकता र स्वच्छन्दतावाद हाबी भयो”, उनले भने, “तथ्यहीन, भ्रामक र नियोजित चिज बढी खोजिन थाल्यो । संस्थागत पत्रकारितालाई बलियो बनाउनेगरी नयाँ बहस सुरु गर्नुपर्छ । सोसल मिडिया चलाउँदा बित्तिकै पत्रकार भन्ने गलत अभ्यास चलेको छ । यो राम्रो होइन ।”
दाङको विकास निर्माणले गति लिएको भन्दै महासचिव पोखरेलले भने, “नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक बिस्तारको काम सुनिश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको छ । तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई बिस्तार गर्ने काम अघि बढेको छ । लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको छ ।”
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासङ्घ लागिपर्ने बताए । सदस्यता शुद्धीकरणका नाममा महासङ्घको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासङ्घ नेतृत्वले सफलता प्राप्त गर्ने समेत दाबी गरे ।
प्रचार तथा प्रसार विभाग प्रमुख संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी, कार्यसमिति, राष्ट्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












