संखुवासभाको बाह्रबिसेमा आगलागीबाट पाँच घर जलेर नष्ट
काठमाडौं । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो करिब साढे २ बजेदेखि सुरु भएको आगोले पाँचवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका छन् ।
लामिछानेका अनुसार स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सुशील तामाङका दुईवटा गरी पाँचवटा घर जलेर नष्ट भएका हुन्। स्थानीय रामबहादुर राईको घरभित्रको अगेनाबाट आगो सल्किएको र बाँकी घरमा फैलिएको प्रहरीले जनाएको छ ।
सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले स्थानीय र प्रहरीको सहयोगमा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जानकारी दिएका छन् । आगलागीबाट कुनै मानवीय र पशुचौपायाको क्षति नभएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ।
आगलागी भएको ठाउँ सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार क्षेत्रमा नै पर्दछ । अहिले सो क्षेत्रमा इन्टरनेट र टेलिफोन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ। प्रहरीले आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












