भारतमा जारी कुम्भमेलामा भागदौड मच्चिदा १५ जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा बुधबार राति डेढ बजेको समयमा एक घाटमा भागदौड मचिएको छ। भागदौडका कारण धेरै व्यक्तिहरूको मृत्यु भएको आशंका गरिएको छ।
समाचार एजेन्सी एएफ़पीका अनुसार, यस घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कुनै पनि मृतकको पुष्टि भने गरेको छैन।
समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमार्फत् स्थितिको समीक्षा गरेका छन् र घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन्।
मंगलवार साँझदेखि मौनी अमावस्याको अवसरमा अमृत स्नानको क्रम चलिरहेको थियो र ठीक यसै समयमा उक्त दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म लगभग १५ करोड व्यक्तिहरूले गंगा नदीमा डुबुल्की मारिसकेका छन्। आज बुधवारको दिन मेलामा १० करोड भन्दा बढी श्रद्धालुहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यहीकारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए ।
भागदौड पछि साधुसन्तहरूले श्रदालुहरुलाई संगम तटमानजानको लागि आग्रह गरेका छन् । अझै पनि संगम तटमा मानिसहरूको भीड बढिरहेको बताइएको छ। भगदौड पछि पनि मानिसहरु कुनै न कुनै तरिकाले संगम तटतर्फ जाने प्रयासमा रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












