भारतमा जारी कुम्भमेलामा भागदौड मच्चिदा १५ जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा बुधबार राति डेढ बजेको समयमा एक घाटमा भागदौड मचिएको छ। भागदौडका कारण धेरै व्यक्तिहरूको मृत्यु भएको आशंका गरिएको छ।
समाचार एजेन्सी एएफ़पीका अनुसार, यस घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कुनै पनि मृतकको पुष्टि भने गरेको छैन।
समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमार्फत् स्थितिको समीक्षा गरेका छन् र घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन्।
मंगलवार साँझदेखि मौनी अमावस्याको अवसरमा अमृत स्नानको क्रम चलिरहेको थियो र ठीक यसै समयमा उक्त दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म लगभग १५ करोड व्यक्तिहरूले गंगा नदीमा डुबुल्की मारिसकेका छन्। आज बुधवारको दिन मेलामा १० करोड भन्दा बढी श्रद्धालुहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यहीकारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए ।
भागदौड पछि साधुसन्तहरूले श्रदालुहरुलाई संगम तटमानजानको लागि आग्रह गरेका छन् । अझै पनि संगम तटमा मानिसहरूको भीड बढिरहेको बताइएको छ। भगदौड पछि पनि मानिसहरु कुनै न कुनै तरिकाले संगम तटतर्फ जाने प्रयासमा रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












