आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बस्दै
काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । १ सय ३२ दिनपछि संसद् बस्न लागेको हो । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाक्नु भएको थियो। दिउँसो २ बजे सुरु बस्ने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित समेत गरेको छ ।
बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्रीले सदनमा टेबल गर्नु हुने प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलले जानकारी दिनु भयो । अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने छ । त्यसपछि अर्को बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ ।
प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक विचाराधीन रहेका छन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन् ।
संसद् आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताउँदै आउनु भएको छ । हिउँदे अधिवेशनमा सरकारले गाँजा खेती, भवन मापदण्ड, मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने, विद्युत्, चलचित्र सम्बन्धी, जनस्वास्थ्य विधेयक, खानी तथा खनिजजन्य विधेयक, अपांगतासम्बन्धी विधेयक सदनमा लैजाने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...
-
पाल्पाको कुमाल बस्तीको ६ वटा घरगोठ आगलागीबाट नष्ट
काठमाडौं । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागी पीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
काठमाडौं । शुक्रवार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो...
-
मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ...
-
अनेरास्ववियु पब्लिक युथ क्याम्पसको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । अनेरास्ववियु पब्लीक युथ क्याम्पस कमिटिको आयोजनामा वृहत हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटिका...
-
पोखराको हावा प्रदूषणले खतराको तह पार, अन्य ४ सहरको अस्वस्थ तहमा
काठमाडौं । पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु...
-
नयाँ वर्षको अवसरमा लेक साइडमा २० औँ फेवा महोत्सव हुने
काठमाडौं । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ...