च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन्।आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ। सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन।
आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ। त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ। न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ।
न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ। भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ। यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












